गोरखा – ‘हामी सेवा गर्छौ’ भन्ने मुल उद्देश्यका साथ बिगत ३० बर्षदेखि लायन्स क्लब अफ गोरखाकाे स्पोन्सरमा गोरखा जिल्लामा स्थापना भइ सामाजिक कार्यमा सक्रियताका साथ कार्य गर्दै आएको सस्था लियो क्लब अफ गोरखाले नजिकिदै गरेको गाइजात्रालाइ मध्येनजर गरि गाइजात्रा रमाइलो साझ २०७५ तथा बिबिध सास्कृतिक कार्यक्रम गर्ने भएको छ ।
कालिका सास्कृतिक कला केन्द्र गोरखाको सह-आयोजनामा यहि भाद्र ९ गते रानिपोखरी परिसरमा गर्न लागिएको कार्यक्रमको सोमबार क्लबको आफ्नै कार्यालयमा पत्रकार कार्यक्रम गरि उक्त कुराको जानकारी गराइएको हो ।
जिल्लाको बिकट ठाउँमा नगरपालिका भन्दा बाहिर रहेका अनाथ असहाय टुहुरा बिद्यार्थीको सहयोगार्थ उक्त कार्यक्रम गर्न लागिएको लियो क्लबका अध्यक्ष यम बहादुर बसेलले जानकारी गराए ।
कार्यक्रममा हास्यकलाकार दिनेश काफ्ले, दिपक थापा मगर त्यस्तै चर्चित गायक गायिका र स्थानीय कालिका सास्कृतिक कला केन्द्रका कलाकार हरुको दम्दार प्रस्तुती रहने छ।
कार्यक्रममा आउने सबै खाले दर्शकलाइ ध्यानमा राखी धेरै भन्दा धेरै क्यारिकेचर गरेर हसाउन सक्ने अहिलेका चर्चामा रहेका दिनेश काफ्ले त्यस्तै गरि कमेडियन तथा जादुगर दिपकथापा भरपुर मनोरञ्जन प्रदान गर्न सक्ने कलाकार हुन त्यस्तै हरिराम परियार जुनु प्रसाईं तथा अन्य गायक गायिका डान्सरहरु,भेषभुषा र लाखे नृत्यले कार्यक्रम थप मनोरञ्जन को खुराक बन्ने कार्यक्रमका संयोजकले जानकारी दिए।
कार्यक्रम सफल गराउन करिब ५ लाख ५० हजार लागत लाग्ने अनुमान गरिएको छ भने कार्यक्रम हेर्न १ सय रुपैयाको टिकट ब्याबस्था गरिएको र त्यहाँबाट ७ जनाले लक्की ड्र मार्फत आकर्षक गिफ्ट ह्याम्पर पनि पाउने ब्याबस्था रहेका क्लबका सचिब बालकृष्ण परियारले बताए ।
केही समय पहिले कालिका साँस्कृतिक कला केन्द्रको आयोजनामा गोरखा सिङिङ्ग एण्ड डान्सिङ्ग टुर्नामेन्टको बिजेताहरु सुरज सुनार, यानु गुरुङ्ग, उपबिजेता स्मृति थापा लगायतको प्रस्तुतिले स्थानीय दर्शकलाइ थप मनोरञ्जन प्राप्त हुने र अन्य कालिका सास्कृतिक कला केन्द्रको प्रस्तुती बिषेश रहने कुरा नृत्य निर्देशक बिक्रम तामाङले बताए ।