गोरखा- फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या प्रकरणका जाहेरवाला नुरप्रसाद अधिकारीको घरमा म्याद तामेल गरिएको छ ।गोरखा अदालतका तामेलदार टेकबहादुर वली र टीकाराम थापाले साउन २३ गते बेलुका फुजेल पुगेर अधिकारीको वर्षौँदेखि बस्न छाडेको जीर्ण घरको दैलोमा म्याद टाँस गरी फर्किएको गोरखा अदालतका श्रेष्तेदार गोविन्द आचार्यले जानकारी दिए ।
जाहेरवाला नुरप्रसाद अधिकारीलार्ई भदौ ४ गते सोमबारका लागि बकपत्र गर्न अदालतले गत साउन २० गते आदेश गरेको छ । गण्डकी गाउँपालिका–३ का वडाअध्यक्ष नवराज श्रेष्ठले वडा कार्यालयमा पनि म्याद तामेल भएको कागजमा रोहवरको रूपमा हस्ताक्षर गरेका छन् ।यसअघि फुजेल गाउँमा रहेको चौताराको पिपलबोटमा म्याद तामेल भएको थियो ।
यसअघि भएको म्याद तामेलीबाट बकपत्रका लागि नुरप्रसाद अधिकारी नआएपछि उनको नामको म्याद पुन तामेल जारी गर्ने जिल्ला अदालत चितवनले आदेश दिएकाे थियाे ।
अदालतले नबुझी नहुने भनेको जाहेरवालाको अनुपस्थितिमै फैसला गर्न लागिएको भन्दै जाहेरवाला पक्षका वकिलहरूले आपत्ति प्रकट गरेपछि पुनः म्याद तामेल जारी गर्न न्यायाधीश कुलप्रसाद शर्माबाट आदेश भएको हो ।सम्बन्धित समाचार- फुजेल घटनाका जाहेरवाला अधिकारीलाई अदालतमा झिकाउन आदेशनुरप्रसादको परिवार ०६४ पुस १० गते नै गाउँ छाडेर गोरखा सदरमुकाम बसाइ सरेको थियो ।
तर, गोरखा अदालतका तामेलदारहरूले सोही घरमा पुगेर म्याद टाँसेर फर्केका छन् ।सम्बन्धित समाचार- फुजेलका नागरिक भन्छन् : ‘छविलाल पौडेल निर्दोष छन्’हत्यारालाई कारबाही नभएको भन्दैं कृष्णप्रसाद अधिकारीका बुबा नन्दप्रसाद र आमा गंगामाया अनशनमा बसेका थिए ।
अनसनकै क्रममा न्दप्रसादका निधन भयो । गंगामायाले हाल अनसन तोडेकी छिन् । उनलाई सरकारले क्षतिपूर्ति वापत एक करोड रकम प्रदान गरेको छ ।
तत्कालीन नेकपा–माओवादीका कार्यकर्ताले २०६१ साल जेठ २४ गते चितवनको रत्ननगरमा कृष्णप्रसादको हत्या गरेका थिए । जयमंगलमा रहेका हजुरबुबा र हजुरआमालाई भेट्न आएका कृष्णप्रसादलाई सुराकीका आरोपमा हत्या गरिएको जनाइएको थियो ।
सम्बन्धित समाचार-फुजेल हत्याकाण्डका आरोपी छविलाल पौडेल सर्वोच्च अदालतमा हाजिरहत्यालगत्तै जेठ २६ मा दोषी पहिचान गरी कारवाही गरी पाऊँ भनेर नन्दप्रसादले चितवन प्रहरीमा उजुरी दिएका थिए ।
त्यस्तै २०६२ मंसीर २६ मा नुरप्रसादले आफ्नो भाइको हत्यामा संलग्न भएको भनेर १३ जनाको नाम नै किटान गरेर चितवन प्रहरीमा उजुरी दिएका थिए ।