गाेरखा- जिल्लामा यस वर्ष अलैँची खेत गर्ने किसानको संख्या बढेको छ ।
नगदेवाली अलैँचीको गत वर्षको तुलनामा यस वर्ष आठ गुणा बढी क्षेत्रफलमा किसानले अलैँची खेती सुरु गरेका हुन । गत वर्ष तीन देखि पाँच हेक्टर क्षेत्रफलमा अलैँची रोपेका किसानले यसवर्ष १५ हेक्टर क्षेत्रफलमा विस्तार गरेका हुन ।
गाेरखाका किसानले जिल्ला भर ७५ हेक्टर क्षेत्रफलमा गोल्साई, रामसाई र साउने जातका अचैँची खेती गरेका छन् । तर, किसानले साेचेकाे जस्ताे मुल्य पाउन सकेका छैन् ।
जिल्लामा अलाैंचीकाे पकट क्षेत्र भनेर चिनिदै आएकाे अजिरकाेट गाउँपालिका, सिरानचाेक गाउँपालिका र धार्चे गाउँपालिका किसानले खेतिगर्ने जमिनमा मनग्य आम्दानीले आउने आशाले अलाैंची खेति गरे, तर साेचेजस्ताे राम्राे मुल्य (भाउ) पाउन सकेन् ।
अजिरकाेट गाउँपालिका-२, खरिबाेटका किसान कालिका धितालले ४ राेपनी क्षेत्रफलमा अलाैंची लगाएका छन् । ‘पाखाे, भिरालाे अनि सेपिलाे ठाँउ भएर अलाैंची खेति लगाए तर उत्पादन भएकाे अलाैंचीकाे साेचेजस्ताे मुल्य दिएन्’ उनी भन्छन् ।
‘अलैँचीको भाउ त ह्वात्तै घट्यो, तर, यहाँ मान्छेले झन धेरै क्षेक्रफलमा खेती गरेका छन्’ अजिरकोटका विष्णु अधिकारीले भने ‘बिक्री मूल्य कमै भए पनि अलि सेपिलो खेतमा धान लगाउन भन्दा अलैँची लगाउन फाइदै छ ।’ सेपिलो र पानीको स्रोत भएको जमिनमा अलैँचीको राम्रो उत्पादन हुने भएकाले किसानको रोजाइमा अलैंची परेकोे उनको भनाई छ ।
‘यसको खेती गर्ने किसानहरु ह्वात्तै बढेका छन’ खरिबाेटका किसान चुडामणी ढकालले भने ‘अहिले अलैँची गाेडमाेल गर्ने सिजन छ । हरेक वर्ष अलैँचीखेतीको क्षेत्रफल बढेपनि उत्पादन बढेन ।’
जिल्ला कृषि विकास कार्यालयले गाेरखाले जिल्लाका केही क्षेत्रलाई अलैँचीको पकेट क्षेत्रकै रुपमा विकास गरिरहेको छ । अजिरकोट गाउँपालिका, अहिले जिल्लामा सबै भन्दा धेरै अलैँची खेती हुने क्षेत्र हो । अजिरकोटसँगै सिरान्चोक, बारपाक सुलिकोट, सिरानचाेक र धार्चेमा पनि अलैँचीको ब्यवसायिक खेती सुरु भएको छ ।
जिल्लाका किसानले सबैभन्दा धेरै रामसाई जातका अलैँची लगाउने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । सरकारले अलैँची किसानलाई पर्याप्त तालीम तथा रोग नियन्त्रणका बारेमा आवश्यक ज्ञान सीप नदिएकोले किसानहरु पूर्ण ब्यवसायिक हुन नसकेको किसानहरुको गुनासो गरेका छन ।
प्रतिगोटा विरुवा १० रुपैँया
आर्थिक वर्ष २०७५\०७६ को लागि जिल्ला दररेट निर्धारण गरिएको छ । अलैँची धेरै हुने मध्येको जिल्ला गोरखामा अलैँचीको विरुवाको पनि सरकारी विक्रि दर तोकिएको छ । अब किसानले प्रतिगोटा विरुवा १० रुपैँयाको दरले विक्रि गर्न सक्नेछन् । त्यस्तै खच्चडबाट सामान ढुवानी गर्दा प्रतिकेजी दुई रुपैँया तीन पैसा लाग्ने गरेर रेट तोकिएको छ । ट्रकले पक्की सडक भएको क्षेत्रमा सामान बोक्न परे प्रतिटन प्रतिकिलो १८ रुपैँया सात पैसा लिन पाउने भएको छ ।