गोरखा- गाेरखामा नेपाल कम्युनिस्ट पार्टी एकीकरण सदस्य संख्या बाँडफाँड र पदाधिकारी टुंगो लगाउन सकस भएकाे छ । साविकको नेकपा एमाले र माओवादी केन्द्र एकीकरण गरी जिल्ला तथा नगर तह कमिटी बनाउन सकस बनेको हो ।
नगर तथा जिल्ला तहमा पार्टी एकीकरणका लागि गठन गरिएको कार्यदललाई सदस्य संख्या टुंगो लगाएर प्रदेशको कार्यदलमा पठाउन साउन मसान्तसम्मको मिति तोकिएको थियो ।
तर, अधिकांश जिल्लामा सविकको दुई पार्टीलाई मिलाएर सिफारिस गर्नै सकस परेपछि भदौ पहिलो हप्तासम्मको लागि म्याद थपिएको छ । सदस्य संख्या बाँडफाँडसँगै अध्यक्ष र सचिवको नाम सिफारिस गर्ने जिम्मा जिल्ला तहका कार्यदललाई थियो ।
सम्बन्धित समाचार- गण्डकी प्रदेशमा नेकपाको नयाँ कमिटी कस्ताे बन्ला !
नेकपा गोरखाले पदाधिकारी र जिल्ला सदस्यको नाम टुग्याउन नसकेपछि प्रदेशमा छुट्टाछुट्टै नामावली प्रदेशमा पठाएका छन् । जिल्लामा सहमती जुट्न नसकेपछि पूर्व माओवादी पक्षले १२१ र एमाले पक्षले ९९ जनाको नाम शुक्रबार प्रदेशमा पठाएका हुन् । गोरखाबाट आकांक्षीकै टुंगो लागेको छैन ।
गोरखा तत्कालीन एमालेका प्रेम गुरुङ, माओवादी केन्द्रका लोकप्रसाद बञ्जरा र जघन खनाल अध्यक्षका आकांक्षी छन् । १ सय ४५ सदस्यीय जिल्ला कमिटी रहने गोरखामा आकांक्षीमध्येबाटै अध्यक्ष र सचिवको टुंगो लगाएर सिफारिस हुने एक नेताले बताए ।
साबिकका दुई पार्टीका पधादिकारी र इन्चार्ज, सह–इन्चार्ज समेत रहेको कार्यदलले दुई दिन सम्मको कसरत गर्दा पनि निकास दिन नसकेपछि दुबै पक्षले शुक्रबार छुट्टाछुट्टै रुपमा नामाबली पठाएका हुन् ।
पूर्व माओवादी केन्द्रले साबिकका केन्द्रिय सदस्यहरु, पहिले केन्द्रिय कार्यसमितिमा नरहेका तर पार्टीमा धेरै योगदान पु¥याएका जिल्ला स्तरका अगुवा नेताहरु र केही युवाहरुलाई समेटर नाम पठाएको दाबी गरेको छ ।
पठाईको नाममा मर्यादा क्रम समेत निर्धारण गरिएको छ । कुन समूहले कति पद पाउने निक्यौल भएपछि मर्यादा क्रमकै आधारमा छनौट हुने नेताहरुले बताएका छन् ।पूर्व ऐमाले खेमाको पनि त्यस्तै विधि अपनाएको छ ।
आकांक्षीहरुकै नामबाट मर्यादा क्रम अनुसार जिल्ला कार्यसमितिमा छनौट गरिने पूर्व एमाले निकट स्रोतले भनाई छ । नामावली संकलनलाई लिएर केही नेता कार्यकर्ताले भने असन्तुष्टि समेत व्यक्त गरेका छन् ।