बर्षा ढकाल
पछिल्लो समय महिला प्रती हुने गरेको दुव्यवहार र अत्यचार चरम रुपले बढेको देखिन्छ । महिला र पुरुष बराबर भनिएता पनि पुरुषवादी समाजले महिलालाइ बलात्कार र यौन शोषणको शिकार बनाइरहेको देख्दा दु:ख लाग्छ ।
राज्यको बलियो अंग, सबैभन्दा माथिल्लो निकाए (रास्ट्रपति) तथा अहिले हरेक गाउँपालिकामा उपप्रमुखको स्थान ओगटे पनि महिला हिंसा र अत्याचार विरुद्धको आवाज कमै मात्रामा उठाइएको पाइयो। जसको शिकार दिन प्रतिदिन स्कुले बालबालिका, कलेज पड्ने छात्रा, एवम हरेक क्षेत्रमा काम गर्ने महिला हरु पर्न गएका छ्न। यस्ता उदाहरणहरु धेरै छ्न।
जसमा स्कुल पढ्न गएकी छात्रा आफ्नो गुरुबाट असुरक्षित हुन्छिन,बस चड्दा आफ्नै दाजु-भाइबाट असुरक्षित हुन्छिन, घुम्न जादाँ साथीबाट असुरक्षित हुन्छिन, घरमा आफुले नचाहादा नचाहदै श्रीमानबाट यौन शोषण को चपेटामा परिरहेको नारी हरु देख्न सकिन्छ ।
यिनिहरुले न्याय कहाँबाट पाउने! सम्बन्धित निकाए सधै मौन।
यस्ता घटना को ज्वलन्त उदाहरण बन्न पुगिन १३ बर्सिय निर्मला पन्त।जो साथीको घरमा गृहकार्य गर्न जाने क्रममा बलात्कार शिकार भै मृत्युलाइ काखी च्याप्नु पर्यो।
यस्ता घटनाको जिम्मेवारी कसले लिने? किन कारबाही हुदैन दोषी लाइ? अर्को उदाहरणको रुपमा रबिना बादी जो आफु दलित भएको कारण परिवार बाट टाढा हुनु पर्यो त्यो पनि ६ महिनाको दुधे बालकलाइ लिइ ! निर्मला र रबिना त एउटा उदाहरण मात्र हुन आफ्नो परिवार र समाज को इज्जतको डरले लाखौ महिलाहरुले आफुमाथी भएको हिंसा र शोषण सहेर बस्न बाध्य छ्न् ।जसको कारण दिन प्रतिदिन महिलाहरु मृत्युको मुखमा धकेलिरहेको कुरा हामिले देखिरहेका छौ।
म एउटा नारी भएको कारण सम्बन्धित निकाए तथा उच्च पदमा पुग्नु भएको आदरणीय सम्माननिय महिलाहरु प्रती के आग्रह गर्न चाहान्छु भने कृपया नारी प्रती भएको अत्याचार र शोषण गर्ने का विरुद्ध बोलिदिन र कारबाहीको पहल चालिदिने हो बने निर्मला पन्त जस्ता लाखौ नारी हरु ले मृत्यु को सिकार हुनु पर्दैन थियो कि ?