काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बिम्स्टेक सम्मेलनले हिमाललाई समुद्रसम्म जोड्ने काम गरेको बताएका छन्।
काठमाडौंमा आजदेखि सुरु भएको सम्मेलनको उद्घाटन गर्दै उनले यो सम्मेलनले आर्थिक व्यापारलाई वृद्धि गर्न सहयोग गर्ने उनले बताए। ‘हामीले अघि सारेको गरिबी निवारण कार्यान्वयन गर्नुपर्छ,’ उनले भने, ‘सहश्राब्दी विकासका लागि लिएको लक्ष्यलाई हामीले पहिल्याउनुपर्छ।’
१.६ जनसंख्या, विश्वको २२ प्रतिशत जनसंख्या र २.८ अर्थततन्त्र भएको संगठनमा विश्वको ध्यान रहेको उनको भनाइ छ।
मौसम परिर्वतनको कुरा उठाउँदै प्रधानमन्त्री ओलीले भने, ‘हामीले नगरेको गल्तीको सजाय भोगेका छौं। यसलाई निराकरण गर्न सबै एक भएर अघि बढ्नुको विकल्प छैन। हामी एउटै हिमालमुनि बसेका छौं।’ आतंकवादविरुद्ध लड्न सबै एक हुनुपर्नेमा पनि उनले जोड दिए।
व्यापार आर्थिक विकासको मेरुदण्ड भएकाले भन्सारमा सहकार्य, आर्थिक विकासमा सहयोग गर्नु चुक्नु नहुने उनले बताए। सुखी नेपाली र समृद नेपाल आफूहरुको लक्ष्य भएको उनले मन्तव्यका क्रममा सुनाए। ‘समृद्धि मात्रै सुखी हुनुको कारण होइन। यो क्षेत्रमा कार्य गर्नु सरकारको लक्ष्य हो,’ उनले भने।
आफूहरु प्रजातन्त्रमा विश्वास गर्न भन्दै प्रधानमन्त्री ओलीले आर्थिक सहर्कायले मात्रै एक देशदेखि अर्कोलाई जोड्न सक्ने बताए। ‘जनस्तरमा सम्पर्क, कनेक्टिभिटी यसको माध्यम हो,’ उनले भने, ‘कनेक्टिभिटी, बजार र विचारले हाम्रो विकासमा सहयोग गर्छ।’
बंगलादेशमा बिम्स्टेकको सचिवालय राख्ने निर्णयमा उनले खुसी व्यक्त गरे। सार्क र बिम्स्टेक एक अर्काका पूरक नभएको प्रधानमन्त्रीको भनाइ थियो। सम्मेलनको उद्घाटन गर्दै उनले अन्य ६ देशबाट सहभागी राष्ट्रप्रमुखलाई शन्तिभूमि र बुद्धको जन्मभूमिमा स्वागत छ भनेका थिए।