गोरखा- जिल्लामा भुकम्पबाट क्षतिग्रस्त करिव १ सय ५० ओटा बिद्यालयको भवन पुननिर्माणमा स्रोत अभावभएकोे छ । भुकम्पबाट पूर्ण क्षति भएका जिल्लाका अधिकाशं प्राथामिक बिद्यालयको पुननिर्माणमा समस्या भएका हो ।
जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदीले जिल्लामा स्रोत अभाव भएका बिद्यालयको पुननिर्माणका लागि स्रोत जुटाउन पहल भइरहेको बताए ।
चालु आर्थिक बर्षमा अन्य बिद्यालय सरह बिद्यालय निर्माणका लागि पहल भइरहेको छ ।
जिल्ला शिक्षा कार्यालयबाट अहिले बिद्यालयहरुका लागि भौतिक निमार्णको काम बितरण भइरहेको पुननिर्माणको अभाव भएका बिद्यालयहरुलाई पनि समेटेर लैजाने प्रयास भइरहेको बताए ।
कार्यालयले यो आर्थिक बर्ष भित्रमा गोरखाका सवै बिद्यालयको पुर्न निर्माणको काम सम्पन्न गर्ने लक्ष्य राखिएको जिल्ला शिक्षा अधिकार सुवेदीकाे भनाई छ ।
त्यसका लागि शिक्षा मन्त्रालय, राष्ट्रिय पुर्न निमार्ण प्राधिकरणलाई समेत जानकारी गराई सकिएको भन्दै चालु आथिक बर्ष भित्र त्यसका लागि केही कार्यक्रम थप भएर आउने उनको दावी रहेको थियो ।
पुननिर्माणका लागि स्रोत अभाव रहेका बिद्यालयहरु अधिकांस दुर्गम क्षेत्रमा रहेका बिद्यालयहरु रहेका रहेका छन् । कार्यालयका अनुसार गोरखा जिल्लामा भुकम्पले क्षति पु¥याएका २ सय ५ ओटा बिद्यालयको भने पुननिर्माणको काम सम्पन्न भईसकेको छ ।
नेपाल सरकार, बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय गैह्रसकारी संघ सस्थाहरुको सहयोगम ाती जिल्लामा बिद्यालयहरुको भबनहरु पुनर्निर्माणको काम सम्पन्न भएको हो ।