गोरखा- जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । आइतबार एक कार्यक्रमका बिच गोरखा जिल्ला अदालतका न्याधिश बसन्तराज पौडेलले कार्यालय स्थापना गर्नुभयो ।
गोरखामा पहिलो चरणमा मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यलय स्थापना भएको हो ।
जिल्लामा प्रतिनिधि सभा तर्फ २ र प्रदेशसभा तर्फ २/२ गरी ४ निर्वाचन क्षेत्र तोकिएको छ । क्षेत्र न १ र यसका प्रदेशसभा सदस्य निर्वाचनका लागि महिला तथा बालबालिका कार्यालय स्थापना गरिएको हो ।
क्षेत्र न २ का लागि प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्ला समन्वय समितिको भवनमा कार्यालय स्थापना गरिएको छ । क्षेत्र नम्वर २ को निर्वाचन अधिकृत अख्तियार दुरुपयोग अनुसन्धान आयोगका उपन्यायधिवक्ता एक नारायण लम्साललाई तोकिएको छ ।