काठमाडाैँ- गीतसंगीतको मामालामा चर्चामा रहेको चलचित्र ‘छक्का पन्जा ३’को दोश्रो गीत ‘फेरि उमेर ढल्कन्छ, पछि कालै पल्कन्छ’ सार्वजनिक भएको छ ।
नवलपरासीको सीजी ग्रुपको परिसरमा छायांकन गरिएको यो गीतको भिडियो उत्कृष्ट छ । दर्शकका लागि यो लोकेशन फ्रेस लाग्छ । निशान भट्टराई र एन्जिला रेग्मीको स्वर, अर्जुन पोखरेल र गिरीको शब्द, अर्जुन पोखरेलको संगीत रहेको गीतको अडियो पनि राम्रो छ ।
दशैंमा रिलिज हुन लागेको यो चलचित्रलाई दिपाश्री निरौलाले निर्देशन गरेकी हुन् । कविराज गहतराजको कोरियोग्राफीमा तयार भएको यो भिडियोलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।
विपिन मल्लको सम्पादन रहेको यो चलचित्रमा दिपकराज गिरी, दीपिका प्रसाई, प्रियंका कार्की, केदार प्रसाद घिमिरे, जितु नेपाल, निर शाह, शिवहरि पौडेल, किरण केसी, विल्सन विक्रम राई लगायतका कलाकारको मुख्य भूमिका छ ।
चलचित्रको पहिलो गीत ‘पहिलो नम्बरमा’ले सार्वजनिक भएको छोटो समयमा नै १ करोड भन्दा बढी भ्यूज पाइसकेको छ ।