गोरखा- संविधान दिवस २०७५ को अवसरमा जिल्ला समन्वय समितिको कार्यालय गोरखाले भब्यताका साथ मनाउने भएको छ । लियो क्लब अफ गोरखाले खुल्ला दौड प्रतियोगिता सम्पन्न गरेको छ ।
बिहान ७ बजे लक्ष्मीबजार स्थित लियो प्रतीक्षालय बाट सुरु गरिएको दौड प्रतियोगिता जम्मा ४ किमि दुरिको फरकमा गोर्खा स्थित बसपार्क लाई अन्तिम बिन्दु तोकिएको थियो ।
६०/६२ जनाको सहभागिता रहेको प्रतियोगितामा गोरखा नारेस्वरका रन्जित अधिकारीले १९ मिनेट १५ सेकेन्डमा पूरा गर्दै प्रथम भएका हुन । त्यस्तै गोरखा निवासी भैरबी दल गणमा कार्यरत नेपाली सेनाका जवान दिनेश गुरुङ्ग २० मिनेट ३३ सेकेन्ड सहित दिर्तिय भए भने गोनपा निवासि बिश्वास सिर्मल २० मिनेट ४२ सेकेन्ड समयमा दुरि पार गर्दै तृतीय स्थान ल्याउन सफल भए ।
प्रतियोगितामा सहभागि एकमात्र महिला प्रतियोगी पबित्रा बयलकोटीले पनि २७ मिनेटमा ४ किलो मिटरको दौड पूरा गरेकी थिइन ।
जस अनन्तरगत दौड बिजेता अधिकारीलाइ नगद रु. ५ हजार सहित मेडल प्रमाण पत्र दिर्तिय हुने गुरुङ्गलाइ नगद ३ हजार सहित मेडल प्रमाणपत्र र तृतीय हुने सिर्मललाइ नगद रु. १५०० सहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक लियो क्लबका अध्यक्ष लियो यम बहादुर बसेलले जानकारी दिए।
स्मरण रहोस : संविधान दिवसकै अवसरमा गोरखा ब्याटमिन्टन संघको आयोजना र गोरखा उद्योग बाणिज्य संघको प्रायोजनमा खुल्ला ब्यान्टमिन्टन प्रतियोगिता पनि राखिएको थियो । भोलि हुने संविधान दिवसमा प्रतियोगिताको बिजेता लाई पुरस्कार प्रदान गरिने छ । बिहान बाजागाजा र्याली सहित हरमटारी कबडहलमा संविधान दिवसको अवसरमा जिल्ला सम्वनय समिति कार्यालय गोरखाले कार्यक्रम राखिएको श्रोतले जनाएको छ।