गोरखा- नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगमी संघ र प्रदेशको निर्वाचनमा प्रदेश र केन्द्रको निर्वाचनले गोरखाको विरासत कायम गने बताएका छन् ।
प्रेस सेन्टर नेपाल गोरखाले गोरखा सदरमुकाममा गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले प्रदेश र केन्द्रको निर्वाचनले गोरखाले आफ्नो विरासत कार्यम हुने बताएका हुन् ।
माओवादी केन्द्रको विगतमा रहेको विरासतलाई पहिलो र दोस्रो संविधान सभाको निर्वाचनमा जनताले स्थापित गरेको भन्दै प्रदेश र केन्द्रको निर्वाचनमा पनि त्याे विरासत कायम हुने उनको दावी रहेको थियो । बैशाखमा भएको स्थानिय निर्वाचन देभभर नै उत्साह जनक भएको तर गोरखामा सन्तोषजनक नभएको उनले बताए ।
संघ र प्रदेशमाको को उम्मेरदार जान्ने भन्ने बिषय केही दिनमा नै सार्वजनिक गर्न भन्दै प्रचण्डले भने हामी संघ र प्रदेशमाजाने साथीहरुको टुङ्गो केही समय भित्रै लगाउने छौ ।
स्थानिय निर्वाचनमा नेपाली कांग्रेस, एमाले लगायतका अन्यदलसँग कार्यगत एकता भएको थियो नि अब केन्द् र प्रदेशको निर्वाचनमा पनि त्यो कार्यम हुन्छ भन्ने पत्रकारको प्रश्नमा उनले भने आबश्यक दल तथा शक्त्तिहरुसँग कार्यगत एकता हुने सम्भावना रहेको उनले बताए ।
तर गोरखामा नयाँ शक्त्ती पाटीँसँग संघ र प्रदेशको निर्वाचनमा कार्यगत एकता हुन नसक्ने भन्दै उनले भने ‘यदि अरु दलले हामीलाई छोड्नु हुन्छ भने हामी लिन तयार छौ तर छोड्ने छैनौ । गोरखा हाम्रो आधारइलाकाहो, यहाँ छोड्ने कुरा नै हुन्न बरु लिने कुरा हुन्छ ।’
अहिले केन्द्रको राजधानी काँहा भन्ने भन्दापनि सबिधान कार्यन्वयनको विषयमा प्राथमिकता दिनु पर्नेमा जोड दिए ।
एमालेसँग सहकार्य गरी नयाँ सरकार बनाइ संघ र प्रदेशको निर्वाचन गर्ने कुनै सम्भावना नरहेको उनको तर्क थियो । वावुराम भट्टराइको नयाँशक्ति पार्टी, मोहन वैद्यको क्रान्तिकारी माओवादी र विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग पार्टी एकताको कुरा गरेपनि पर भागेको उनले आरोप लगाए ।
‘वावुराम, वैद्य, विप्लवअलग वस्नुको औचित्य सकियो, पार्टी एकता गरौँ भन्दाउहाँहरु पर पर जानुभयो,’उनले भने ।