काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नवीनकुमार घिमिरे सर्वसम्मत भएका छन्। बिहीबार बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठकले उनलाई सर्वसम्मत रुपमा चयन गरेको हो।
गत भदौ २० गते बसेको संवैधानिक परिषद्को बैठकले घिमिरेलाई सिफारिस गरेको थियो।
भदौ २४ मा संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गरेको थियो। तर घिमिरेविरुद्ध संसदीय सुनुवाइ विशेष समितिमा कुनै पनि उजुरी दर्ता भएनन्। संसदीय समितिले असोज १ गतेभित्र समितिमा आफैं आएर वा जिल्ला प्रशासन कार्यालयमार्फत् उजुरी पठाउन सूचनामा भनिएको थियाे।
‘भष्ट्राचार रोक्नु चुनौती हो, खरो उत्रिन्छु’
घिमिरेले भ्रष्टाचार नियन्त्रण गर्नु आफ्नो चुनौती भएको र त्यसमा खराे उत्रिने बताएका छन्। संसदीय सुनुवाइका क्रममा संसदहरुलाई उनले यस्तो बताएका थिए।
‘सुशासन र समृद्धिका लागि भ्रष्टाचार नियन्त्रण गर्नै पर्छ’, घिमिरेले भने, ‘म पदमा रहेसम्म त्यसका पक्षमा काम गर्छु।’ घिमिरेले आयोगको क्षमता वृद्धि गर्नुपर्ने आवश्यकता समेत औंल्याए। ‘अनुसन्धानका लागि क्षमता वृद्धि गर्नुपर्ने देखिएकाे छ’, उनले भने, ‘अब मानिस सिधै घुस लिन छाेडे याे अायाेगका लागि चुनाैती हाे।’