काठमाडाै-चुरोटको लत छुटाउन भारते हालै हेल्पलाईन सेवा सुरु गरेको छ। भारतको स्वास्थ्य मन्त्रालयले हालै धूमपान प्रयोगबारे नयाँ निर्देशिका पनि जारी गरेको छ। जसमा चुरोट छाड्ने चार उपाय पनि निक्याेल गरिएको छ।
पहिलो उपाय
बिहानै उठेर दुई गिलास पानीमा कागली मिसाएर पिउने
दोश्रो उपाय
जब चुरोट पिउन तल्तल् लाग्छ, आफैँले आफैँलाई सम्झाउनु कि, ‘मलाई चुरोट छाड्नु छ।’ चुरोट छाड्न सबैभन्दा बढी आफ्नै इच्छाशक्ति आवश्यक हुन्छ।
तेश्रो उपाय
चुरोट छाड्ने निधो गरिसकेपछि कहिलेदेखि छाड्ने मनमनै मिति तोक्नुहोस्। त्यसपछि पनि तपाईंलाई चुरोट पिउन मन लाग्नेछ। यस्तो बेला तपाईं आरामसँग बस्नुस् र लामो श्वास तानेर पानी पिउनुहोस्। यसो गर्दा तपाईंको ध्यान अन्तै मोडिन्छ।
चौथो उपाय
अमलालाई घाममा सुकाउनुहोस्। त्यसलाई कागती र नुन हालेर बट्टामा राख्नुहोस्। जतिबेला पनि आफ्नै साथमा राख्नुहोस्। जब चुरोट पिउने तलतल लाग्छ, त्यतिबेला बट्टाको अमला थोरैथोरै निकालेर खानुहोस्।
यसका साथै मौसम, सुन्तला र अंगुरजस्ता फलफूलका जुस पिउने गर्नाले पनि चुरोटको सम्झना मेटिन सक्छ।