काठमाडाैँ – बैदेशिक रोजगारीका लागि कतार पुगेका १५० जना नेपालीसहित झन्डै ९०० जना आप्रवासी कामदार अलपत्र परेका छन् । कतारको सहानिया स्थित होमटोन इन्टरनेशनल कम्पनीमा काम गर्ने झन्डै ९०० जना कामदार अलपत्र परेका हुन् ।
कम्पनीले बिगत ५ महिना देखि तलब नदिने तथा घाइते र बिरामीको समेत उपचार नगर्न भएपछि उनीहरु अलपत्र परेका हुन् । कम्पनीले वास्ता नगरेपछि मंग्लवार ३२ जना पीडित कतार स्थित नेपाली दूतावासमा गएका भएपनि दूतावासले बैकल्पिक काम खोजेर रिलिज लिन अथवा टिकट काटेर स्वदेश फर्किन सुझाव दिएको पीडितहरु बताउछन् ।
रगत पसिना बगायर काम गरेका छौ ५ महिनाको तलब पनि दिएको छैन घर बाट पैसा मागेर कसरी स्वदेश फर्किनु पीडितको गुनासो छ । आफुहरु नेपाल बाट श्रम स्वीकृत लिएर बैधानिक रूपमा कतार आएको भएपनी दूतावासले न्यायका लागि कुनै ठोस पहल नगरेको पिडित बताउँछन् ।