काठमाडाैँ- नेपालीहरूको महान चाड विजयादशमी तथा शुभदिपावलीको अवसरमा इराकको कुर्दिस्तनामा शुभकामना आदान प्रदानका साथ मनोरञ्जनात्मक कार्यक्रम हुन लागेको छ । कुर्दिस्तान प्रवासी नेपाली समाज र नेपाली महिला समाज कुर्दिस्तान सुलेमानीको आयोजनामा कार्यक्रम हुन लागेको हो ।
कुर्दिस्तान भरी छरिएर बस्नुहुने सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको मागलाई ध्यानमा राखी यस्ता खालका कार्यक्रम आयोजना गर्न लागेको आयोजक विनोद श्रेष्ठले जानकारी दिए । ‘दशैँ, तिहार तथा छड पनि आर्इरहेको छ, त्यसैलार्इ मध्यनजर गर्दै हरेक नेपाली पर्वमा हामीले यस्ता खालका कार्यक्रम गदै आएको छौँ’, उनले भने ‘यसले एकआर्का प्रति सद्वाभ तथा भार्इचाराको सम्बन्ध कायम हुन्छ।’
कार्तिक २ गते मिलानो हल, सहचिया ९फ्यामिली मल नजिक० मा उक्त कार्यक्रम आयोजना हुनेछ । सुलेमानीमा रहनु भएकाहरूलार्इ नेपाली भेटघाट पालस पार्क देखि कार्यक्रम स्थलसम्म जानको लागि निस्शुल्क यातायातको व्यवस्था गरिएको कार्यक्रम सयोजक राजिब थिङले बताए । कार्यक्रममा डि जे दिपक थापा मगरको दमदार सांस्कृतिक प्रस्तृति रहने आयोजकले जनाएको छ ।
हिमालयन शेर्पा ग्रुपको सहयोग र सिटी एक्सप्रेस मनि ट्रान्सफरको प्रायोजनमा उक्त कार्यक्रम हुन लागेको हो । यो कार्यक्रमको मिडिया पार्टनर गोरखासन्देश डटकम रहेको छ ।