गाेरखा- चितवन रत्ननगर नगरपालिका-१५, घर भइ हाल हङकङ बस्दै अाएका अाकाश बन्जराले गाेरखाकाे महेन्द्र माध्यमिक विद्यालयमा रहेका विद्यार्थिहरुका लागि पाँच थान फिल्टर प्रदान गरेका छन ।
विद्यालयमा रहेका बालबालिकाहरुले शुद्द पानी पिउन पाउनुपर्छ भन्ने मान्यता सहित बन्जराले जार सहितकाे फिल्टर प्रदान गरेका हुन ।
विद्यालयका कक्षाकाेठामा राखेर विद्यार्थिहरुले फिल्टर गरेकाे पानी पिउन पाउने भएका छन । फिल्टर प्रदान गर्ने बन्जरा प्रति विद्यालयले अाभार व्यक्त गर्दै अागामि दिनमा पनि यस्तै सहयाेगका लागि स्वागत गर्ने विद्यालयका सहायक प्रधानाध्यापक भिमनारायण मल्लले बताए ।
विद्यालयमा फिल्टर प्राप्त भए पछि शुद्ध पानी पिउन पाइने भन्दै विद्यार्थिहरु खुशि भएका छन । विद्यालयमा रहेका कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुकाे राेहवरमा सामग्रि हस्तान्तरण गरिएको पत्रकार राजेन्द्र न्यौपानेले बताए ।
सामाजिक सेवा भावका धनी बन्जराले अागामि दिनमा फेरि ताइवान एकता समाजकाे सहयाेगमा पुन सकेकाे सहयाेग गर्ने बताएका छन । जिल्लाकाे गाेरखा नगरपालिका वडा नम्वर १२ मा रहेकाे महेन्द्र माध्यमिक विद्यालयमा अधिकाँश कुमाल समुदाय सहित विभिन्न समुदायका ७५१ जना बालबालिकाहरु अध्ययन गर्दै अाएका छन ।