गोरखा- आरूघाट गाउँपालिका–३ को सोतिखोलाबाट इलाका प्रहरी कार्यलय आरूघाटले करिब ७४ किलो बराबरको प्रतिबन्धित जडीबुटी पाँचऔले बरामद गरेको छ ।
आइतबार साँझ ६/७ बजेतिर सोतिबजारबाट आरूघाट तर्फ आँउदै गरेको ध १ ख १८९ नम्बरको बसबाट करिब ८ बोरा प्रतिबन्धित जडीबुटी पाँचऔले बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यलय गोरखाका प्रहरी उपरिक्षक (एसपी) प्रकाशअधिकारिका अनुसार आरूघाट आउँदै गरेकाे एक सावारी साधनमा प्रतिबन्धित जडीबुटी पाँचऔले रहेको थाहा पाएपछि थप अनुसन्धानका लागि उनीहरलाइ नियन्त्रणमा लिदां पाँचऔले रहेकाे पत्ता लागेकाे हाे ।
पक्राउ पर्नेमा आरूघाट गाउँपालिका–९ का कमल गुरूङ र बसका चालक आरूघाट गाउँपालिका–१० का सुम बाहादुर मगर रहेका छन् र उनीहरूलाइ थप अनुसन्धानका लागि इलाका वन कार्यलय आरूघाटमार्फत जिल्ला वन कार्यलय गोरखामा पठाइएको छ ।
जिल्ला वन कार्यलय गोरखाका प्रमुख जिवनाथ पौडेलका अनुसार २०७२ साल कार्तिक १७ को राजप्रत्रमा प्रकाशित सुचना अनुसार पाँचऔँलेको वापत रोयल्टी पेतिगोटा पाँचसय रहेकाे छ ।
सङ्कलन बिक्री वितरण र निकासीमा प्रतिबन्ध लगाइएको जडीबुटी पाँचऔँले प्रतिगोटा ५ सयभन्दा बढी मूल्य पर्ने वन कार्यालय गोरखाले जनाएको छ । बरामद जडीबुटीको बजार मूल्य २ करोड ९६ लाखभन्दा बढी रहेको छ ।