गोरखा- आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गोरखा जिल्लामा मतदाताको सख्यामा बुद्वि भएको छ । जिल्ला निर्वाचन कार्यलयका गोरखाका अनुसार २० हजार ४ सय २ जना मतदाता थपिए पछि जिल्लाको कुल मतदातामा १ लाख ८९ हजार ४ सय ४८ मतदाता भएको छ ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ मा ९८ हजार ६ सय २२ जना मतदाता रहेकाछन् । प्रतिनिधि सभा क्षेत्र नम्वर २ मा ९० हजार ८ सय २६ जना मतदाता रहेका छन् ।
त्यस्तै प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर १ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्वर (क) मा ५२ हजार २ सय ६४ जनामतदाता रहेका छन् । प्रतिनिधि सभा क्षेत्र नम्वर (ख) को प्रदेश क्षेत्र नम्वर मा ४६ हजार ३ सय ५८ जना मतदता रहेका छन् ।
प्रतिनिधि सभा क्षेत्र नम्वर २ को प्रदेश सभा क्षेत्र नम्वर (क) मा ४३ हजार पाँच सय ४३ हजार ५ सय ७५ जना मतदाता रहेका छन् । त्यस्तै प्रतिनिधि सभा क्षेत्र नम्वर २ को प्रदेश सभा निर्वाचन क्षेत्र (ख) मा ४७हजार २ सय ५१ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
स्थानीयतह अनुसार गण्डकी गाउँपालिकामा १५ हजार ७ सय ८५, गोरखा नगरपालिकामा ३० हजार ६ सय २६, शहिद लखन गाउँपालिकामा २० हजार ८ सय ७९, आरुघाट गाउँपालिकामा १५ हजार ९ सय ७७, चुमनुव्री गाउँपालिकामा ४ हजार २ सय ६२, धार्चे गाउँपालिकामा ८ हजार ९ सय ७९ मतदाता रहेका छन् ।
भिमसेन गाउँपालिकामा १७हजार १ सय ४०, पालुङटार नरपालिकामा २८ हजार ५ सय ४९, अजिरकोट गाउँपालिकामा १० हजार ९ सय ७१, सिरानचोक गाउँपालिकामा १८ हजार पाँच सय ४१ र सुलिकोट गाउँपालिकामा १७ हजार ७ सय ६६ मतदाता रहेका छन् ।