काठमाडाैँ- नेपाली कलाकारिता तथा मोडलिङ्ग दुनियाँमा थुप्रै युवा युवतिको सपना र चाहानाको एक मात्र बिकल्प बन्ने गरेको छ ।
यहि फिल्डमा अनवरत संघष गरिरहेकी र एक दिन सफल बन्ने सपना लिएर मिहनेत गर्दै गरेकी एक कलाकार तथा मोडल हुन मेलिना प्रजा ।
मकवानपुर जिल्लाको मनहरी भन्ने ठाउमा जन्मिएकी मेलिना सानै देखि गित संगीत र अभिनयमा निक्कै रुचि राख्थिन ।
स्कुल जीवन देखि नै स-साना स्टेज कार्यक्रममा आफ्नो कला देखाइ सकेकी मेलिना लाई सानोमा टिभी मा गित हेर्दा फिल्म हेर्दा त्यस्तै गरि नाच्न र अभिनय गर्न ऎनाको सहारा लिन्थिन । ऎना हेर्दै नक्कल गरेर अभिनयको इच्छा पुरा गर्ने गरेकी मेलिनाले ।
उमेरले भर्खरै २१औ बसन्तमा प्रबेश गरेकी मोडल प्रजा अहिले थुप्रै म्युजिक भिडियो, फोटो सुट, फिल्म नाटक र टिभी सिरियलमा काम गरेकी छन । र थुप्रै प्रोजेक्ट गर्ने तयारीमा रहेको बताउछिन् मोडल प्रजा ।
मङोलियन फेस र हर्ट एण्ड बोल्ड लुक्सले धेरै फ्यानहरु, दर्शक हरुको नजरमा पर्न सफल मेलिना जति आफू सुन्दर छिन त्यो भन्दा राम्रो अभिनय गर्न सक्ने क्षमता र साहस उनिमा सजिलै देख्न सकिन्छ ।
मोड्लिङ्गमा इच्छा राख्ने धेरै हुन्छन तर अवस्था अनुसार कथा अनुसार आफुलाइ त्यहि अवस्थामा परिणत गर्न सक्ने कला सायद कमैमा हुन्छ । जुन कुरा मोडल प्रजामा प्रसस्त भेट्न सकिन्छ। केवल खोजेजस्तो ब्यानर र पब्लिसिटिको कमिले गर्दा मात्र मेलिना अझै छायामा परेकी हुन ।
दर्जनौ म्युजिक भिडियोमा काम गरिसकेकी मेलिनाको समुदायमा सम्भवत उनी नै पहिलो र प्रिय् नायिका हुन ।
समाजमा कम बाहुल्यता रहेको र पिछडिएका र लोपन्मुख हुन लागेको प्रजा जाती को परिवारमा हुर्किएकी मेलिनाले आफ्नो भाषा र आफ्नो संस्कृत झल्काउने थुप्रै काम गरेकी छन ।
प्रजा समुदायमा मेलिना एक चर्चित नायिका हुन । आफ्नो समुदाय र प्रजा जातिले आफुलाइ धेरै माया गर्ने सम्मान गर्ने गरेको बताउछिन र त्यही माया सपोर्टले नै आज नेपाली फिल्मी दुनियाँमा प्रतिस्पर्धा गर्दैछिन ।
करियर सुरु गर्दाको क्षण स्मरण गर्दै मेलिना भन्छिन जति सजिलो छ सुरिवात गर्न त्यति नै कठिन छ यहाँ टिक्नको लागि । हिजोका दिन आफ्नो समुदाय भित्र मात्र परिचित भए आज बिस्तारै धेरै सङ्ग परिचित भएकि छु । थुप्रै अफर आउँछ धेरैले मङोलियन लुक्स मन पराउनु भएको छ । निरन्तरता मिहनेत गरेकिछु ।
मलाइ भाग्यमा भन्दा मिहनेतमा बिश्वास लाग्छ । र मलाइ लाग्छ जस्तो सुकै पात्रको भुमिका पनि सहजै निर्वाह गर्न सक्छु । मेरो नशा नशामा कलाकारिताको भुत बगेकोछ जस्तो लाग्छ मलाइ ।
कुनै राम्रो प्रोजेक्टको मौका मिल्नु पर्छ जहाँ मैले म सङ्ग भएको सबै प्रतिभा देखाउन सकौ । धेरै आशालाग्दा प्रोजेक्टहरु को तयारी पनि गर्दैछु । आशा र बिश्वास छ अबको दिनमा यादगर र अविस्मरणीय कार्य गर्ने छु । काम हरु गर्दा छानेर मात्र गर्न रुचाउने प्रजा क्वान्टिटी भन्दा क्वालिटीमा फोकस गर्ने सोच राख्छिन ।
पछिल्लो समय मेलिना द्वारा अभिनित केही फिल्मको गित हरु अहिले युवा पुस्तामाझ लोकप्रिय बनिरहेका छन । टिभी रेडियो युट्युबमा सर्बाधिक हेरिएका छन । केही दिनमै नयाँ कामको सुरुवात गर्न लागेकी मोडल प्रजाले सर्प्राइज कोसेली आउदै छ केही दिन प्रतीक्षा गर्न भनेकी छन । अब हेर्न बाकि छ मेलिनाको कोसेली ।
स्मरण रहोस : नायिका मेलिना प्रजा लाइभ स्टेज प्रोग्रामहरुमा निक्कै ब्यस्त हुने कलाकार मध्ये एक हुन जस्ले स्टेजमा फाएर गराउछिन । स्टेज हर्ट क्विन उपनामले पनि चिनिने गरेकी छन मोडल प्रजा ।