काठमाडाैँ- वैदेशिक राेजगारकाे शिलशिलामा राम्राे तलव पाउने अाशामा भिजिट भिसामा इराक पुगेका म्याग्दीका छविलाल पाइजामगर विगत १ बर्षदेखि इराककाे सुलेमानीमा अलपत्रमा परेका छन् । पाँच बर्षअगि सिमेन्ट कम्पनीमा काम गर्न अाएका धवलागिरी गाउँपालिका-३, मुनाका मगर अलपत्रमा परेका हुन् ।
चारवर्षसम्म साेहि कम्पनीमा काम गर्दै अाएका मगरकाे एकबर्षअगाडी भिसा सकिएपछि उनी नेपालीहरू बस्दै अाएका थिए । इराकमा नेपालीलार्इ वर्किङ भिसामा श्रम गरी अाउने अनुमति छैन्। भिजिट भिसामा अाएका मगरलार्इ अहिले नेपाल फर्काउन पहल भर्इरहेकाे कुर्दिस्तान प्रवासी नेपाली समाजका विनाेद श्रेष्ठले बताए ।
‘उहाँ नेपालबाट यहाँ आउनु भएको ६ बर्ष भएछ । ४ बर्षसम्म त उहाँको भिसा रिन्यु भएको रहेछ । पछि उहाँलाइ प्रहरीले समातेको खबर थाहापाएपछि कुर्दिस्तान प्रवासी नेपाली समाजका पदाधिकारी डिकि शेर्पाको जिम्मामा जेलबाट बाहिर राखेका छौ’, उनले भने ‘इराकमा नेपाली दुताबास नभएकाले पनि उहाँको घरफिर्ताका लागी पहल गर्न समस्या भइरहेको छ ।’
२ बर्षअगि उनले काम गरेको कम्पनी बन्द भएपछि भिसा नविकरणमा समस्या भएको थियो । त्यसपछि उनी अलपत्रमा परेका थिए । इराकमा पहिलेको जस्तै समस्या नभएपनि भिसा सकिएपछि कामको समस्या हुन्छ।
मगरको उद्वारगरी घर फर्काउनका लागी कुर्दिस्तान प्रवासी नेपाली समाजको पहल श्रेष्ठको नेतृत्वमा एउटा कमिटि गठन गरीएको छ । गत शुक्रबार समाजले गरेको रमाइलो साँझ कार्यक्रममा समेत उनका लागी नेपाल फर्काउन रकम सङ्कलन भएको श्रेष्ठले बताए । उनको घरफिर्ताका लागी कम्तिमा पनि २ हजार अमेरिकी डलर ९२ लाख ३४ हजार ० आबश्यक पर्ने छ ।