गोरखा- गोरखा नगरपालिकाले यस आर्थिक बर्षमा आफ्नो लागि एकिकृत शहरी बिकास योजना निर्माण गर्ने भएको छ ।
एकिकृत शहरी बिकास योजना तजुर्मा गर्ने उदेश्यले अगिल्लो आर्थिक बर्षमा परामर्शदाता चयन भईसकेको र यस आर्थिक बर्षमा स्थलगत अध्ययन, तथ्याङ्ग संकलन बिश्लेषण तथा योजना निर्माण सम्पन्न गरिने नगरपालिकाले जनाकारी दिएको छ ।
काठमाण्डौ स्थित टेक्नोक्रेट–नयाँराष्ट्रिय–नियात्रा कन्सल्ट प्रा.लीले परामर्शदाताको रुपमा गोरखा नगरपालिकाको एकिकृत शहरी बिकास योजना निर्माण गरिरहेको हो ।
यसै बिच गत अश्विन २८ गते गोरखा नगरपालिका कार्यलयमा परामर्शदाताको तर्फबाट एक प्रस्तुतिकारण कार्यक्रममार्फत शहरी बिकास योजनाबारे बिस्तृत जानकारी र सो निर्माणका लागि अवलम्बन गरिने बिधि, प्रकृया आदि बारे जानकारी दिईएको थियो ।
नगरपालिकाका मेयर राजनराज पन्तको अध्यक्षताको सम्पन्न सो कार्यक्रममा वडा अध्यक्षहरु, निर्वाचित प्रतिनिधिहरु, राजनीतिक दलका प्रतिनिधिहरु एवं नगरपालिकाका प्रबृद्ध व्यत्तित्वहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नगरपालिकाको तर्फबाट ईन्जिनियर प्रकाश ढकालले शहरी बिकास योजनाका निर्माण भित्र समेटिने बिषयबस्तुहरु बारे संक्षेपमा जानकारी दिनु भएको थियो भने, परामर्श दाताका तर्फबाट शहरी एवं क्षेत्रिय बिकास योजनाकारका रुपमा बिश्वदेव भट्टराईले प्रस्तुतिकरण दिएका थिए
यसै बिच शहरी बिकास योजना निर्माणका लागि यहि कार्तिक १० गतेबाट कार्तिक १६ गते सम्म परामर्शदाताका टिमले प्रत्येक वार्डहरु पुगि छलफल एवं तथ्याङ्ग संकलनको कार्य गर्ने कार्यतालिका निर्माण भएको परामर्शदाता ईन्जिनियर उमेश धितालले जानकारी दिए । उनका अनुसार मंसिर अगाडी तथ्याङ्ग संकलन गरि त्यस लगतै संकलित तथ्याङ्गमाथि बिभिन्न बिषयगत समुहहरुमा छलफल गराई योजनालाई अन्तिम रुप दिईनेछ ।
गोरखा नगरपालिकाका मेयर राजन राज पन्तले, हाल कुनै निश्चित लक्ष्य प्रप्तिका लागि भन्दा पनि आफुहरुलाई लागेको आधारमा, कतै देखेको आधारमा मात्र योजना बनेकोमा, एकिकृत शहरी बिकास योजना तिर्माण भए पश्चात निश्चित लक्ष्य प्राप्तीमा केन्द्रित रहि योजनाहरु कार्यन्वयवन गरिने बताए ।