दमौली- २४ औं राष्ट्रिय कण्डम दिवसको उपलक्ष्यमा तनहुँको सदरमुकाम दमौलीबाट शनिबार कण्डम वितरण गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय तनहुँ र कम्युनिटी सर्पोट गु्रप तनहुँको सयुक्त आयोजनमा कार्यक्रम गरिएको हो ।
दमौली बजारको भोर्लेटारचोकमा शनिबार विहानैबाट गरिएको कार्यक्रमबाट १२ हजार वटा कन्डम वितरण गर्नुका साथै कन्डमको प्रयोग गर्नुको फाईदा र प्रयोग तरिका बारे जानकारी दिईएको कम्प्युनिटी सर्पोट गुु्रप तनहुँका कार्यक्रम संयोजक श्रीराम कँडेलले जानकारी दिए।
दोहोरो सुरक्षाको लागि कन्डममा पहुँच पु¥याऔं भन्ने नाराका साथ गरिएको सो कार्यक्रमका अवसरमा कण्डमको सही प्रयोग गर्ने तरिका र फाईदाबारे पनि चेतना दिईएको छ ।