गाेरखा- लामो समयदेखि दोहो कतारमा रही नेपालि गित संगीत र चलचित्र क्षेत्रमा निरन्तर लागि परिरहेका नेपालि युवाहरुले नयाँ सर्ट फिल्म गुन्जनको छायाकंन सकाएका छन् ।
माया प्रेम र धोका पाएपछि पनि आफुलाई कसरि सम्हाल्ने र कसरि खुसि राख्ने भन्ने मुख्य बिषयबस्तु रहेको कलाकार एव फिल्म टिमका एक राजेन्द्र कुमार थापाले जानाकारी गराए ।
थुप्रै म्युजिक भिडियो र चलचित्र निर्देशन गरिसकेका कतारमा एक चर्चित नाम भबिन तामाङ्गको सम्पादन रहेको उक्त फिल्मलाइ कथा निर्देशन प्रदिप भुषालले गरेका हुन् ।
फिल्ममा कलाकारहरु सपना बेलबासे, मोदनाथ बेलबासे, राजेन्द्र कु थापा, मुना गिरि, रबिना क्षेत्रि लगायतको अभिनय रहेको छ ।
कतारको दोहा वरपरको मनमोहक स्थानमा छायांकन गरिएको उक्त फिल्मलाइ केहि दिनमै युटुब मार्फत सार्बजानिक गरिने श्रोतले जनाएको छ ।