फेसबुक लाइभबाट सबै चिच्याउदछन । इराक जस्तो ठाउँमा किन गएका होलान यति धेरै खतरा मुलक ! तर, कसैले बुझ्न् खोजेको देखिदैन इराकमा कति नेपालिहरुले रोजगारी पाइरहेका छन । एकजनाले कमाई गरि परिवार पाल्ने धेरै हुनुहुन्छ र यहाँ कर्म गरिराखेका ८५ प्रतिशत नेपाली खुशी पनि छन्।
इराककाे दाेहक सहरकेही बर्ष अगाडीका घटनालाई लिएर परिकल्पना गर्ने हो भने इराकको बग्दादका शहरहरुमा निकै त्रासदिपुर्ण थियोे । त्यही त्रासदीबाट बच्नको लागि बग्दादका मानिसहरु कुर्दिस्तानका शहरहरुमा आएर बस्ने गर्दथे र हाल पनि बसिरहेका छन। यहि कुराले प्रष्ट हुन्छ कि इराक को कुर्दिस्तान कस्तो स्थान हो भनेर।
जुन सुकै ठाउँमा पनि सकारात्मक र नकारात्मक दुबै कुराहरु अवस्य हुन्छ तर जुन ठाउँ को परिवेशलाई नै नबुझी नकरात्मक टिप्पणी गर्नु साच्चै नै मुर्खता हो। यहाँका स्थानिय भनेको कुर्दीहरु हुन । कुर्दीहरु मनका अति नै राम्रो हुन्छ्न । सबैसँग मिल्ने, धेरै मिठो बोली बोल्ने र इज्जत गर्ने हुन्छन । तपाईं यदि कुनै ट्याक्सीमा यात्रा गर्नु भयो, तपाईंको केही सामान छुटेको छ भने पनि उनीहरू पुर्याउन घरमा नै आईपुग्दछन। ट्याक्सीका चालकले पनि नेपालीलाई कहिले हेपेर बोल्ने गर्दैनन ।
नेपालकाे राजदुतावास इराकमा नरहेकोले पनि भैपरी आउने समस्यामा उद्दारको लागि असहज छ । तर पनि यहाँका संस्था, ब्यक्ती र वकिल मार्फत उद्दार पनि सहज रुपमानै सफल भैरहेको छ । मेरो देशमा रातको १२ बजे पश्चात् रोडमा पब्लिक हिडेको अवस्थामा प्रहरीबाट अपमानित हुन पुग्दछौ केही अवस्थामा तर, यहाँ रातभर हिड्नुस प्रहरीबाट कहिल्यै नराम्रो बोली र व्यवहार हुदैन ।

नेपालीहरूले इराकमा सञ्चालन गरेकाे रेस्टुरेन्ट
कति नेपाली दाजुभाइ दिदिबहिनी अहिले पनि अबैधानिक तवरले बसिराख्नु भएको छ। तर त्यस्तो असहज बाताबरण भने छैन यहि कारणले गर्दा पनि हामी नेपालीहरु धेरै अबैधानिक रूपमा नै बस्दै आइरहेका छन । यो नराम्रो पक्ष हो किनकी अहिलेको कानुन अनुसार प्रती दिनको अबैधानिक रूपमा बसेमा २०,००० इराकि डिनार जरिवाना लाग्छ । यो भनेको नेपाली १ हजार ७ सय पर्न जान्छ । त्यसैले पनि धेरै बर्ष देखि अबैधानिक रुपमा बस्दै आएको ब्यक्तीलाई नेपाल फर्कन पनि कमाएका सबै पैसा यहि नै तिर्न पर्ने अवस्था छ।
कुर्दिस्तानमा बिदेशि मुद्रा ब्यबसाय खुल्लम खुल्ला रोडमा नै राखेर गरिन्छ । किनकी यहाँ चोरीका घटना भनेको अतिनै न्यून रूपमा मात्र भेटिन्छ ।यहाँका पसल हरुमा खुलेका पसलमा। एउटा लौरो राखेको भरमा पसल बन्द हुन्छ। हामी नेपालिहरुले नै आफ्नै ३० हजार डलरसम्ममा लगानि गरि रेस्टुरेन्ट ब्यबसायहरु सन्चालन गरेका छन ।
इराकको प्रान्तिय राज्य कुर्दिस्तानका एर्बिल शहर, सुलेमाली शहर, दुहोक शहर, किरकुक शहर नेपालीहरुको लागि राम्रो आम्दानी हुने गरेकोले वैदेशिक रोजगारको लागि एउटा गन्तव्य नै बनिसकेको छ ।
तर, अहिलेको अवस्थामा नेपाली युबा बेरोजगारको संख्या भने ह्वात्तै बढेको छ । किनकि अहिले कुर्दिस्तानमा आर्थिक मन्दीले छोएको छ। अहिले को अवस्थामा रोजगार पाएको खण्डमा पुरुषले पाउने मासिक तलब भनेको चार सय अमेरिकी डलर हो तर यहाँ ढाटेर नेपालबाट ढाटेर तलब धेरै पाइन्छ भनेर ल्याराउने प्रवृत्ति पनि निकै डर लाग्दो छ।
यहाँको कानुनमा पनि पहुँचवालाको हकमा हामीले हाम्रो देशमा जे देखेका छौ त्यसैलाई हेर्दा उस्तै लाग्छ। जस्ले गर्दा केही प्रतिशत नेपाली चेलिहरु घरेलु हिंसामा पनि परेका छन।
जसले गर्दा पनि पहुँच वालाका घरबाट उद्दार गर्ने भनेको फलामको चिउरा चपाउनु सरह छ । तर पनि अन्य खाडी मुलुकमा भन्दा कुर्दिस्तानमा जति नेपाली महिला घरेलु कामदार छन वहाँहरुलाई राम्रो व्यवहार गरेको देख्न पाइन्छ ।

इराकका विभिन्न् सहरमा यसरी सडकमा बसेर पैसा साट्छन् ।
यति हुदाहुदै पनि हामी नेपालीले नै यहाँको सिस्ट्मलाई नबुझी सिस्ट्म नै बिगार्ने हामी महान नेपाली पनि यहाँ छौँ ।जस्ले गर्दा बिसङ्गती भित्रिएका छन र नेपाली भनेर चिनाउन पनि लाज लाग्ने अवस्था पनि शृजना गरीदिएको छ। जसकाे कारण आज नेपालीले रेसिडेन्सी कार्ड नबिकरण गर्न पनि आफ्नो पैसा लगाउनु पर्ने अवस्था छ यो सबै कार्य हामी नेपालिकै कारण भएको छ।
गार्हो अप्ठ्यारोहरु त बिदेशिय पछि झेल्नु पर्छ तर आफै सचेत र सक्षम हुन जरुरी छ किनकी यो ठाउँको यात्रा भनेको कुनै कम्पनी विशेष नभै ब्यक्ती विशेषबाट आउनु पर्छ । कुर्दिस्तानमा अहिले पुरुषको लागि रोजगार पाउन पनि निकै गाह्रो छ तर जति पुराना दाजुभाइ हुनुहुन्छ वहाँहरु सबै कर्म गरि राख्नु भएको छ ।
यहाँ जति पनि नेपालीहरु काम गर्दै आउनु भएको छ वहाँहरु पुन यहीँ काम गर्न फर्कन चाहन्छन तर बिडम्बना नेपाल सरकारबाट स्वीकृति नभएकोले नेपालकै कर्मचारीहरुलाई सेटिङ्ग गराई चर्को मूल्य तिरेर फेरि फर्कनु बाध्यता निकै नै नरमाइलो छ ताकी इराकमा काम गर्ने नेपाली अन्य देश को नागरिक जस्तो।
नयाँ भिसामा आउन दिनु पर्छ भन्ने कदापी होईन तर म राम्राे छु भनेर कोहि फर्कन चाहन्छ भने फर्किनु दिनुपर्छ यो सम्पुर्ण कुर्दिस्तानमा रहेका नेपाली कामदारको माग हो ताकी ४० हजारमा पुग्न सक्ने गन्तव्यमा १ लाख ५० हजार तिरेर श्रृणाको भारी भोग्न नपरोस आशा छ ।