गाेरखा – बसको ठक्करबाट शुक्रबार गोरखा नगरपालिका वडा नम्बर १२ शिखरडाँडाका ९ वर्षीय बालक प्रिन्स थापाको मृत्यु भएको छ। सन्त जोसेफ विद्यालयबाट घर फर्कदैँ गर्दा विद्यालयको बसबाट झरेर सडकछेउमा उभिएका उनलाई ठक्कर दिएकाे हाे ।
पोखरा महानगरपालिका १३ मा रहेको तारापुञ्ज माध्यामिक विद्यालयका स्कुलले विद्यार्थी बोकेको बस गोरखा घुमेर पोखरा तर्फ फर्कने क्रममा ग.१ ख ६३९६ नम्बरको नगर बसले ठक्कर दिदाँ स्थानिय प्रिस थापाको घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।