काठमाडौँ- गायिका श्रीदेबी देवकोटा र गायक तेजस रेग्मीको आवाजमा नयाँ पन्चेबाजा गित ‘राम गए बन’ को म्युजिक भिडियो सार्वजानिक भएको छ ।
थुप्रै गित संगीतमा आवाज दिएसकेकि गायिका देवकोटा र गायक रेग्मीको यो गितको भिडियोमा चर्चित नृत्य निर्देशक एव मोडल शंकर बिसी र बेल्ली डान्सर एव मोडल बिनु शाक्यको दमदार नृत्य देख्न सकिन्छ ।
दर्जनौ दर्जन कोरस कलाकारको प्रयोग भिडियोमा देख्न सकिन्छ । पछिलो समय नयाँ प्रबिधिको प्रयोग संगै म्युजिक भिडियोमा निक्कै स्तरीय बन्दै गरेको छन् यसै भिडमा यो भिडीयोले पनि आफुलाई अब्बल दर्जाको रुपमा प्रस्तुत गरेको हो ।
अन्नपुर्ण भिजन प्रालिको ब्यानरमा निर्मित उक्त भिडियोलाई निर्देशन गरेका हुन शंकर बिसीले छायांकन राजेश घिमिरेले गरेका छन् । राग रेकर्डस स्टुडियोको रेकड र नबिन घर्ति मगरको सम्पादन रहेको छ । मङ्सिर महिना बिबाहको महिनालाई लक्षित गरि भिडियो बजारमा आएको छ ।