गोरखा – गायिका पवित्रा आले मगर र अर्जुन थापा मगरको स्वरमा सजिएको नयाँ भिडियो सार्वाजानिक भएकोछ । गीतमा अर्जुन थापा मगरको शब्द / सगीत / लय दिएका छन् ।
आशिष म्युजिक कम्पनीले उत्पादन गरेको भिडियोलाई स्मृति तिमिल्सिना “गुरुआमा” ले निर्देशन गरेकी हुन् । भिडियोमा ऋतु तामाङ्ग र प्रदिप रानाले अभिनय गरेका छन् । भिडियोमा हरिष महराको छायांकन, प्रकाश धमलाको सम्पादन छ ।
डान्सिङ नम्बरमा यो गीत तयार पारिएको छ । नव गायिका गोर्खाली चेली पवित्राको स्वरले सर्बत्र प्रसंसा पाएको छ । यस गित मार्फत सम्भावना बोकेकी गायिकाको रुपमा पवित्रा लाइ लिएयेको छ । छोटो समयमा नै निक्कै दर्शको माया पाउन सफल भएको छ ।