गोरखा- निस्वार्थ समाज सेवा गर्ने उदेश्यका साथ् स्थापित सस्था जेसीज क्लब गोरखाको बर्ष २०१९ का लागि जिल्ला अध्यक्षमा जेसी राजीव अधिकारी सर्वसम्मत चयन भएका छन् ।
बर्ष २०१८ का अध्यक्ष उमेश गुरुङको अध्यक्षतामा मंगलबार गोरखा सदरमुकाम स्थित होटल ब्याम्बोमा सम्पन्न भएको ३८औ अधिबेशन बाट अधिकारि अध्यक्षमा चयन भएका हुन् । सस्थाको कार्यकारणी उपाध्यक्षमा सुवास मल्ल, र रुवेन्द्र कुँवर निर्बिरोध भएका हुन् ।
उपाध्यक्षमा पुष्कर गुरुङ, रमेश श्रेष्ठ, प्रदिप कुँवर र मोहसिन अलि मियाँ सह- सचिवमा शिबहरि तिमिल्सिना चयन भएका छन् । सोहि बैठकले महासचिवमा आश्विन ढुंगाना, कोषाध्यक्षमा कल्याण बानियाँ र कानुनि सल्लहाकारमा शैलेन्द्र भट्टलाई मनोनोत गरिएको जेसिज गोरखाका निबर्तमान अध्यक्ष्य उमेश गुरुङले जानकारी गराए ।
हरेक बर्ष अध्यक्ष लगायतको पदमा निर्वाचन बाट मात्र टुङ्गिने भएपनि यसबर्ष भने सहमतिमा कार्यसमिति गठन गरेर गोरखा जेसिसले नयाँ सन्देश दिएको छ । मनोनित हुन् बाकि अन्य पदको बिषयमा भने कार्यसमिति बैठकले टुङ्ग्याउने छ ।
नव समितिका अध्य्क्षय अधिकारि लामो समय देखि क्लबमा सक्रिय रुपमा सहभागिता जनाउदै आएका थिए । पुर्व माहासचिव समेत भैसकेका अधिकारिले अबको १ बर्ष के कस्ता कार्यक्रम गरि गोरखा जेसिस लाइ कसरि अगाडि लैजान्छन त्यो भने हेर्न बाकि छ ।