मुग्लिन-पृथ्वी राजमार्ग अन्तरगत चेरेस कबुलकार नजिकै माटो फाल्ने क्रममा टिपर त्रिशुलीमा खसेकाे छ। आज साझ ५ः३० बजे ना.७ ख ४६५८ नम्बरको टिपर सडक देखि २०० मिटर तल त्रिशुली नदी किनारमा खस्दा चालक गम्भिर घाइते भएका हुन् ।
दुर्घटनामा परी टिपर चालक गम्भिर घाइते रहेको र उपचारको लागि भरतपुर लगिएको इलाका ट्राफिक प्रहरी कार्यालय मुग्लिनका प्रहरी सहायक निरिक्षक इन्द्र घिसिङ्ले जानकारी दिए ।
थप विवरण अाउन बाँकी रहेकाे छ।