काठमाडौं– नेकपाको स्थायी कमिटीको बैठकमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालमाथी हमला गरेका छन् । सरकारको कमजोरीबारे आत्माआलोचना अहिले गर्नु सान्दर्भिक नभएकाे भन्दै रिमालले सरकारकाे बचाउ गरेपछि उनी माथी खनिएका हुन् ।
‘एकजना कमरेडले सरकारको कमजोरीबारे आत्माआलोचना अहिले गर्नु सान्दर्भिक छैन भन्नुभयो, यदि आत्माआलोचना नगर्ने हो भने सरकार सफल हुदैन’, आत्माआलोचना नगर्नेहरु कम्युनिस्ट हुन सक्छन्’ नेता श्रेष्ठले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि केन्द्रित रहेर आफ्नो धारणा राख्दै भने ।
पार्टीको बैचारिक तथा सैद्धान्तिक विषयसँगै भ्रष्टाचारलाई जोड्दै चिकित्सा शिक्षा क्षेत्रको गुणस्तरियताको माग राख्दै अनशन सुरु गरेका डा.गोविन्द केसीको अभियानलाई गम्भीर रुपमा नलिएर २५ दिन पुराएर सरकारले गल्ती गरेको आरोप लगाएका छन्।
नेता श्रेष्ठले मुख्यतया चार विषय, विधानको अन्यौलता र असमझदारी, हालसम्म प्रकाशित हुन नसकेको राजनीतिक प्रतिवेदन, मापदण्डको उल्लंघनका गुनासालाई तत्काल नेतृत्वले सम्बोधन गर्नुपर्ने बताए। अर्को प्रसङ्गमा नेता श्रेष्ठले सरकार चौतर्फी घेरामा परेका बेला सरकारको कमिकमजोरीबारे आत्माआलोचना गर्नुहुन्न भन्ने अभिव्यक्ति गलत भएको टिप्पणी समेत गरे।
स्थायी कमिटीको बैठकमा नेता श्रेष्ठले सरकारलाई सफल पार्ने भएमा आत्माआलोचित हुनुपर्ने बताए। बैठकमा बोल्दै दिएको टिप्पणी आएको भोलिपल्ट प्रवक्ता श्रेष्ठले सरकारलाई सफल पार्ने हो भने आत्माआलोचना गर्न जरुरी भएको बताए।
सांगठनिक एकिकरणको बाँकी प्रक्रिया, कार्यविभाजन यही बैठकबाटै टुंग्याउनुपर्ने श्रेष्ठले जोड दिए। ‘एकता र कार्यविभाजनमा यताउती गर्न मिल्दैन। नेतृत्व गम्भिर भएर टुंग्याउनुपर्छ’, उनले भने । डा. गोविन्द केसीको अनशन लम्बाउने देखि लिएर दर्जनौ विषयमा सरकार चुकेको भन्दै सदस्यहरुले त्यसको कटु आलोचना गरेका छन्।