गोरखा – गोरखा मनकामनामा जन्मिएर सानैदेखि तनहुमा पढाइ संगै नर्सिङ्ग पेसामा आबद्द छिन स्वर्णीमा गुरुङ । सानैदेखि नृत्यम अभिरुचि राख्ने गुरुङ स्कुल कलेज जिवनमा हुनेखाले सबै कार्यक्रममा सक्रियताका साथ भाग लिने गर्थिन ।
त्यतिबेला आफ्नो नृत्यबाट वाहि वाहि पाउदा साथिभाइको माया परिवारको हौसाला र पाइने सम्मान प्रसंसा पत्र मायाको चिनोहरुले आफुलाई यस फिल्डमा लाग्ने उर्जा प्राप्त भयो भन्छिन स्वर्णीमा ।
आफुलाई रोजाइको बिषय गित संगीत र मोड्लिङ्ग फेसन वाक मोभी सिरियल तिर आफु पनि एकदिन सफल बन्नु सकु भन्ने सपना देखेकी गुरुङ लाइ परिवारको बुवा आमाको सपना सफल स्टाफ नर्स भएको हेर्ने थियो ।
उनि थप्छिन बाबा मम्मीको सपनालाई मैले इन्कार गर्न सकिन र मैले आफ्नो पढाईलाइ पनि निरन्तरता दिए र आफु भित्र भएको इच्छालाइ पनि बाबा मम्मुबाट साथ् र सपोर्ट गर्नु भयो आफुलाई झनै यस क्षेत्र पट्टि लाग्न निक्कै सजिलो र सपोर्ट मिलेको मिठो अनुभव छ उनमा ।
राजधानीमा रहेर नर्सिङ्ग पड्दै गर्दा शहरमा हुने खाले फेसन वाक सुन्दरी प्रतियोगितामा पनि सहभागी बन्ने अवसर मिलेको गुरुङलाइ काठमाण्डौमा रहदा नै मिस क्विन तनहु आयोजना हुदैछ भन्ने जानाकारी पाइन् र त्यहापनि भाग लिने निधो गरि उनि तनहु आइन ।
जिल्लामा परिचित बनिसकेकी स्व्र्णीमा लाइ निक्कै सहज भयो र धेरैको साथ माया र आफ्नो आत्माबिस्वासले नै सहजै दर्जनौ प्रतिस्पर्धीलाइ पछाडी पार्दै मिस क्विन तनहु २०१८ को बिजेता बन्न सफल भइन ।
मिस क्विन तनहु २०१८ बिजेता बनेपछि नयाँ अध्याय सुरुभयो जिवनमा
सामान्य एक प्रतियोगी सबैको सपना हुन्छा आफुले जितेर देखाउन सकु तर स्व्र्णीमाको हकमा भने सत्य साबित बन्न गयो ।
हिजो केहि साथीमात्र कमाएको मैले अहिले धेरै साथि शुभचिन्तक फ्यान पाएकोछु धेरै धेरैले चिन्नु हुन्छ माया संम्मान साथ मिलेको छ थुप्रै कार्यक्रममा निमन्त्रणा गर्नुहुन्छ निक्कै खुसि लाग्छ केहि गर्न सके भन्ने लाग्छ गर्व लाग्छ सबैको श्रेय बाबा मामु नै हुनुहन्छ अझै यस्तै यस्तै थुप्रै सफलता प्रप्प्त गर्न सक्छु भन्ने हिम्मत मिलेको छ खुसि लागेको बताउछिन मिस क्विन ।
गुरुङ फोटो कम्पिटिसनमा पनि बिजेता बनिसकेकी गुरुङ लाइ मोड्लिङ्ग अफर कत्तिको आउछ भन्ने हाम्रो जिज्ञासामा बताउछिन म्युजिक भिडीयोमा अफर त् आएको छ तर सोचे जस्तो राम्रो भए आफु काम गर्न तयार छु हेरौ छिट्टै पुरा हुनेछ त्यो सपना पनि ।
कस्तो भूमिकामा आफुलाई अब्बल र बढि नेचुरल दिन सक्छु जस्तो लाग्छ भन्दा उनि भन्छिन ” कलाकार भैसकेपछि कथाले मागे जस्तो आफ्नो भूमिका निर्वाहा गर्न सक्नु पर्छ तर पनि कथा बलियो र राम्रो छ भने आफुले त्यही अनुसार भूमिका निर्बाह गर्नु सक्छु भन्ने साहस आफुमा रहेको बताउछिन ।
नायिका पुजा शर्मा र नायक दयाहांग राइ सौगात मल्ल आफुलाई निक्कै मन पर्ने कलाकार हो भन्छिन स्वर्णीमा । स्लिम फिगर ५.८ उचाइ सुन्दर लुक्सले जो कोहीलाई मोहित पार्ने सुन्दरी मोडल स्व्र्णीमा अहिले सम्म प्रेम सम्बन्धमा नरहेको तर प्रेम प्रस्ताव भने आइरहन्छ किनकिन अहिले नै प्रेमको लागि तयार छु जस्तो लाग्दैन ।
आफुलाई माया प्रेम लाभ रिलेसन भन्ने फिलिन्ग्स नै नआउने उनको अनुभव छ । शिक्षित समझदार विश्वासिलो र निक्कै मायालु नाइस लुक्स युवक भने उनको रोजाइमा मा पर्छ कुनैदिन त्यस्तो युवक भेटियो भने स्वर्णीमा रिलेशनसिपमा हुन्छिन ? भन्ने हाम्रो प्रश्नमा हास्दै जवाफ दीइन हा हा हा खै त्यो चाहि सोच्ने पर्छ ।
निक्कै लज्जालु स्वभावकी स्व्र्णीमा सेक्सको बारेमा सटिक र सरल जवाफमा ” सेक्स मानव जीवनको एक अनिवार्य आबश्यकता हो आफुलाई अहिले नै यस बिषयमा खासै ज्ञान नरहेको भन्दै कुरा अन्त्य गरिन ।
मोडिङ्ग दुनियामा प्रवेश गर्ने थुप्रै युवा युवतीको चाहना त् रहनछ तर पनि स्वर्णीमा गुरुङ लाइ भने मिस क्विन तनहुको बिजेता बने संगै थप सहज भएको छ ।
सुन्दर लुक्स आत्माबिस्वास सेल्फ कन्फ़िडेण्ट र परिवारको पुर्ण साथ् पाएकी स्वर्णीमालाइ सजिलो भएपनि नर्सिङ्ग र कलाकारिता संगै अघि बढाउँन भने चुनौतीनै रहनेछ ।