गाेरखा- सरकारले भौगोलिक विकटता, उपलब्ध पूर्वाधार तथा सामाजिक विकासको अवस्थाका आधारमा गाेरखाका ११ वटा स्थानिय तहसहित ७ सय ५३ स्थानीय तहको प्रशासनिक वर्गीकरण गरेकाे छ । सरकारले निर्धारण गरेको स्थानीय तहको प्रारम्भिक वर्गिकरण अनुसार गोरखाका तीन स्थानीय तह अति दुर्गममा परेकाे हाे ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सात सय ५३ वटै स्थानीय तहलाई अति दुर्गम, दुर्गम, मध्यम र सुगम गरी चार वर्गमा वर्गीकरण गरेको छ । पूर्वाधार तथा सामाजिक विकासका आधारमा चार वर्गमा स्थानीय तहको वर्गीकरण गरेपनि गोरखाका ११ स्थानीय तहमध्ये तीन अति दुर्गम, छ दुर्गम र दुई मध्यम वर्गमा परेका छन् ।
जिल्लामा सुगम स्थानीय तह भने नरहेको मन्त्रालयका प्रवक्ता सुरेश अधि कारीले बताए । उनका अनुसार गोरखाका अति दुर्गम ‘क’ वर्गमा चुमनुब्री, धार्चे र अजिरकोट गाउँपालिका परेका छन् । यस्तै, दुर्गम ‘ख’ वर्गमा गण्डकी, बारपाक-सुलिकोट, सहिद लखन, भिमसेन थापा, सिरानचोक र आरुघाट गाउँपालिका परेका छन् । स्था
नीय तहको प्रारम्भिक वर्गिकरण अनुसार मध्यम ‘ग’ वर्गमा जिल्लाका दुई नगरपालिका गोरखा नगरपालिका र पालुङटार नगरपालिका परेका छन् । मन्त्रालयले यातायातको सुविधा (सडक र हवाई यातायातको गुणस्तर र नियमितता), प्रदेश राजधानीदेखिको दूरी, जिल्ला सदरमुकामदेखिको दूरी, स्थानीय तहमा उपलब्ध शिक्षा, स्वास्थ्य सेवा, दूरसञ्चार सेवा, विद्युत् सेवाको पहुँच र नियमितता, मानव विकास सूचाङ्क, भौगोलिक अवस्थिति र स्थानीय तहको स्तरसमेतका आधारमा सूचक निर्धारण गरी वर्गीकरण गरिएको हो । जिल्ला समन्वय समितिले पठाएको विवरणका आधारमा वर्गीकरण गरेको मन्त्रालयले जनाएको छ ।