मनकामना- गाेरखाकाे प्रमुख पर्यटकीय स्थल मनकामनामा अाइतबारबाट बस सेवा सञ्चालनमा अाएकाे छ । शहिन लखन गाउँपालिकासँगको समन्वयमा गोरखा यातायात प्रालिले अाइतबारबाट मनकामनामा नियमित बस सञ्चालन गर्ने भएकाे हाे ।
गोरखाको मनकामनाबाट शहिद लखन गाउँपालिकाको केन्द्र घैरुङ्ग हुदै जिल्ला सदरमुकाम गोरखासम्म बस सञ्चालन भएपछि साे क्षेत्रका स्थानियहरूमा खुसि भएका छन् । बस सेवाको अाइतबार बिहान गाउँपालिका अध्यक्ष रमेशबाबु थापाले रिबन काटेर उद्घाटन गरी नियमित बस सेवा सञ्चालन सुरु भएको घोषणा गरे ।
मनकामनाबाट बिहान ८ः३० बजे घैरुङ्ग हुदै गोरखाको लागि र गोरखा सदरमुकाम देखि दिउँसो १ः३० बजे घैरुङ्ग हुदै मनकामनासम्मको लागि नियमित रुपमा सिधा बस सेवा सञ्चालन सुरु गरिएको हो । पछिल्लो संघिय संरचना अनुसार साविकको मनकामना, घैरुङ्ग, बक्राङ्ग, ताक्लुङ्ग, बुङकोट र नामजुङ्ग गरी ६ वटा गाविसहरु मिलाएर शहिद लखन गाउँपालिका स्थापना गरेपछि घैरुङ्ग केन्द्र कायम गरिएको थियो ।
गाउँपालिकाको केन्द्र घैरुङ्ग कायम गरिएपछि शहिद लखन गाउँपालिका वडा नं.१,२,३,४ र ५ का अधिकांश वडावासीलाई गाउँपालिका केन्द्र पुग्न महङ्गो भाडा तिरेर गाडी रिजर्भ गरेर वा मोटरसाइकलमा जानुपार्ने बाध्यता थियो ।
उद्घाटन पश्चात कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष थापाले बस सेवा सञ्चालन गरिएको राजमार्ग स्तरोन्नति गरी कालोपत्रे गर्नको लागि केन्द सरकार, प्रदेश सरकार र स्थानीय सरकारको समन्वयमा पहल भैरेहेको बताउका थिए।