पाेखरा– बिहीबारदेखि पोखराबाट पनि श्रम स्वीकृति लिन सकिने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । गण्डकी प्रदेश अन्तर्गत पोखराको शहीद चोकमा श्रम तथा रोजगार कार्यालयबाट बिहीबारदेखि पुनः श्रम स्वीकृति लिन सकिन्छ ।
सेवाको सुभारम्भ गर्न श्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र मन्त्रालयका सचिव महेशप्रसाद दहाल समेत पोखरा जाने मन्त्रालयले जनाएको छ । यसअघि जनकपुर र बुटवलबाट पुनःश्रम स्वीकृति दिन थालिसकिएको छ ।
बैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गरी सरल र सहजरुपमा उपलब्ध गराउने उद्देश्यले सरकारले प्रदेशबाट नै पुनः श्रम स्वीकृति जारी गर्न लागेको हो ।
सम्बन्धित समाचार- वैदेशिक रोजगारीमा जाने कामदारको सहजताका लागि प्रदेशबाटै पुनः श्रम स्वीकृति