गोरखा- पालुङटार नगरपालिकाको चौथो नगरसभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको छ ।
नगर सभाले नगरको सहकारी ऐन, कृषि व्यवसाय प्रवद्र्धन ऐन, २०७५ पारित गर्नुका साथै शिक्षा एवं सिफारिस समिति, वडा कार्यालय हस्तान्तरण तथा सीमाङ्कन हेरफेर सम्वन्धी कार्यदल र नगरस्तरीय खेलकुद विकास समिति समेत गठन गरेको छ ।
हालसम्म चालु अार्थिक बर्षमा चालु खर्च तर्फ ४१ करोड ९२ लाख ७२ हजार ९७६ र पूजीँगत खर्च तर्फ ३१ करोड ५० लाख ४७ हजार २४ गरी कूल ७७ कराेड ४३ लाख २० हजार बजेट विनियोजन गरिएकोमा २०७५ मङ्सिर मसान्तसम्म चालु खर्चतर्फ १२ करोड ९१ लाख ६१ हजार ३९८ र पूजीँगत खर्च तर्फ ४ करोड ४२ लाख ४५ हजार ३१७ गरी जम्मा १७ करोड ३४ लाख ६ हजार ७१५ खर्चको समीक्षा गरिएको उपप्रमुख पम्फा बसेलले जानकारी दिर्इन् ।
पालुङटार नगरपालिकाका प्रमुख दिपकबावु कँडेलको सभापतित्वमा सम्पन्न नगरसभा तथा हिउँदे अधिवेशनमा राजस्व परामर्श समिति, विपद ब्यबस्थापन समिति, योजना तर्जुमा समिति, अनुगमन समिति, न्यायिक समिति आर्थिक समिति लगायतले कार्य प्रगति वितरण पेश गरेको थियो ।