काठमाडाैं- नेपाली श्रमिकको हकहितको लागी इराककाे FWCDO इराकी श्रमिक संस्थाले चासाे देखाएकाे छ । मानव तस्करी राेक्न पहल गर्दै अाएकाे संस्थाले शुक्रबार इराककाे सुलेमानीमा पत्रकार सम्मेलन गर्दै चासाे देखाएकाे हाे ।
संस्थाका जनरल म्यानेजर काग हामा हाजारले नेपालीहरुले अबैधानिक रहेर बसिरहदा रेसिडेन्सी कार्ड (अकामा )बनाउनको लागि कुर्दिस्तान सरकारबाट शुल्क धेरै लिएकोमा कम गरि सहजीकरण गर्न माग गरे । कुर्दिस्तानमा नेपाली संघ–संस्था भएकोले पनि काम गर्न सहज भएको र धेरै राम्रा कामहरु गर्न सकिएको उनले उल्लेख गरे ।
उनले कुर्दिस्तानको भिसामा बग्दादमा नेपाली चेलीबेटी बेचबिखन जस्तोे घृणित काम भैरहेको र केही महिना अगाडी मात्र १३ जना नेपाली लगायत फिलिपिनी युवती बेच्नबाट जोगाई बग्दादको सिमानाबाट उद्दार गरेर ल्याएको जानकारी गराएका थिए।
सम्बन्धित समाचार- श्रममन्त्रीलार्इ इराकबाट खुल्लापत्र, ५० हजार श्रमिककाे राेजगारीकाे ग्यारेण्टी गरियाेस
सम्मेलनमा सन् २००९ बाट २०१८ सम्म कुटपिट र विदेशी कामदारहरूको दुरुपयोगको लगभग २ सय भन्दा धेरै घटनाहरू भएकाे बताए। “हाल यस क्षेत्रमा रहेका विदेशी कामदारहरू मध्ये ३५ जना डिपाेट भए, १६ जना मरेका थिए,” हजहरले भने। कम्तिमा पनि २८ जना विदेशी कामदारहरु ४ पुरुषहरु र १२ जना महिलाहरु समेत सहभागी हुँदै आएका छन्। ती १२ जनालाई उद्धार गरिएको छ, र बाँकी १६ वटा स्थानहरू अज्ञात छन्, उन भने। यौन दुर्व्यवहारको २ वटा घटनाहरू भएकाे उनले जानकारी दिए ।
सम्बन्धित समाचार- इराकमा रहेका ५० हजार नेपालीकाे राेजगार गुम्दै, भन्छन्- ‘हामी पनि नेपालकै नागरिक हौं सरकार !’
भिजिट भिषा बन्द गरी वर्किक भिसा दिन आग्रह
नेपाली श्रमिकका बिषयमा बाेल्दै प्रवासी नेपाली समाज, कुर्दिस्तानका महासचिव विनाेद श्रेष्ठले नेपाली चेलीहरुलाई नबेचिदिन र भिजिट भिसामा रोक लगाई वर्किक भिसा दिनको लागि आग्रह पनि गरे । कुर्दिस्तानमा बेरोजगार रहेका नेपालीहरुको समस्या सहजीकरण गर्न र नेपाल सरकारसंग कुटनैतिक पहल गर्न समेत पत्रकार सम्मेलनमा अनुरोध गरिएकाे श्रेष्ठले जानकारी दिए।

कार्यक्रममा बाेल्ने अधिकांश नेपालीहरूले कुर्दिस्तान नेपालीहरूका लागी राम्रो गन्तव्य भए पनि नेपाल सरकारबाट अनुमती नदिएकाले धेरै लगानिमा आउनु पर्ने समस्या रहेको बताएका थिए । उनीहरुले नेपालीहरु धेरै खुशीका साथ दशकौंदेखि काम गर्दे आएपनी फर्कनका लागी धेरै समस्या र चर्को शुल्क तिर्नु पर्ने भएकोले नेपाल फर्कन नचाहेको समस्या बताएका थिए।
भिडियाे हेर्नका लागी यहाँ क्लिक गराैँ ।