काठमाडाैं- इराककाे कुर्दिस्तानका विभिन्न सहरहरूमा नेपाली एजेन्ट (दलाल)काे विगविगि छ । इराककाे बिशेषगरी ईर्विल सहरमा दलालकाे विगविगि रहेकाे हाे । राेजगारीकाे शिलशिलामा दलालकाे फन्दामा परि यहाँ अाउने नेपाली युवा-युवतीकाे सख्यां बढ्दाे क्रममा छ । हाल इराकमा करिब ५० हजार नेपाली रहेकाे बतार्इन्छ ।
हाल, नेपाल सरकारले अफगानिस्तान, लिबिया, इराक र सिरियाको श्रम स्वीकृति राेकेकाे भएपनि दलालकाे प्रभाेलनमा परि दैनिक १०/१५ जनाका दरले इराक अाउने गरेका छन् । उनीहरूलार्इ भारत, दुवर्इ तथा तेस्राे मुलुक हुदैँ इराक दलालले यहाँ ल्याउने गर्छन् ।
ईर्विलमा अहिले बक्तेयारि, अङ्कावा, दाेसाइट, सुखसैतान लगायतका स्थानमा प्रत्येक घरमा कम्तिमा पनि १०/१५ जना बेरोजगार युवाहरूकाे रहेका छन् । उनीहरूलाई दललाले ५०० डलरभन्दा बढि कमाई हुन्छ भन्दै फकाएर यहाँ ल्याएकाे र करिव ५/६ महिनासम्म पनि अकमा नबनेकाले के गर्ने भन्नेमा अन्याेलमा परेकाे उनीहरूले गुनासाे गर्नेगर्छन् ।
ईरविलमा अहिले कम्तिमा पनि ५ हजारभन्दा बढि बेरोजगार युवाहरू छन् । उनीहरू प्रायकाे अकमा नभएकाले राेजगार पाउन सकेका छैनन् । यहाँ विना अकमाले राेजगार पाउन गाह्रो हुन्छ ।
नेपालीहरू भन्छन्, भिजिट भिषा बन्द गराैँ
इराकमा रहेकाे नेपालीहरू भने सरकारलार्इ भिजिट भिषा बन्द गर्न अाग्रह गरेका छन् । दलालले विभिन्न प्रभाेलन देखाइ इराक ल्याउने क्रम नराेकिएपछि इराकमा श्रमिकहरूकाे पक्षमा बाेल्दै अाएकाे संस्थाले गरेकाे पत्रकार सम्मेलनमा बाेल्दै उनीहरूले सरकारलार्इ भिजिट भिषा बन्द गर्न अाग्रह गरेका हुन् ।
सरकारले असुरक्षित देशमा जाने कामदारका विषयमा ती देशसँग कानुनी परामर्श लिनुपर्ने भएकाले केही समय भिसा स्थगित गरेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएकाे छ। व्यक्तिगत भिसामा अफगानिस्तान, लिबिया, इराक र सिरिया जाने कामदारको संख्या बढदै गएपछि ती देशसँग छलफल र सम्वाद गरेरमात्र श्रम स्वीकृति जारी गरिने श्रम मन्त्रालयले जनाएको छ।
गल्ली-गल्लीमा भटिन्छन् नेपाली दलाल
इराककाे हरेक गल्ली-गल्लिमा नेपाली दलालहरू भेटिन्छन् । उनीहरू खासै राेजगारपनि गर्दैन् । उनीहरूकाे काम नै नेपालबाट विभिन्न बाहानामा इराक ल्याउने र उनीहरूलार्इ राेजगार लगाउने प्रभाेलन देखार्इ यहाँ ल्याउने भएतापनि कुर्दीस्थान सरकारकाे नियम हेरफेरले समस्यामा परेका छन् । केहि समय नेपालीहरूका लागी भिजिट भिषा बन्द गरेकाे कुर्दिस्तान सरकारले अहिले भिषा खाेलेपछि फेरी नेपाली दलालहरू सक्रिय भएका हुन् ।
इराककाे कुर्दितान सहरहरू मध्येकाे एक र्इर्विलमा मात्रै कम्तिमा पनि २ हजार दलाल रहेकाे बताइन्छ । उनीहरू प्रायकाे काम नै नेपालीहरूलार्इ ठग्ने हाे । कसैलार्इ काम लगाउने र उनीहरूबाट केहि रकम कमिसन भन्दै लिने समुह पनि ठुलै रहेकाे छ ।
दलालकाे फन्दामा पर्नुहाेला !
दलाले अहिले नयाँ नयाँ तरिका अपनाउदै अाएका छन् । अहिले उनीहरूले सिधै कम्पनीमा ल्याउने गरी नयाँ कमाउने निति लिएका छन् । उनीहरूले नेपालबाट ५ सय डलरभन्दा बढी कमाइ हुन्छ भन्दै यहाँ ल्याएतापनि सिधै कम्पनीमा हालिदिन्छन् । नेपालबाट यहाँ अाउन कम्तीमा पनि हाराहारी ४ हजार डलर (४ लाख ५० हजार नेपाली रूपैया) तपार्इबाट लिन्छन् ।
किन दलालकाे राेजार्इमा पर्याे इराक
सरकारले राेजगारकाे लागी नयाँ नयाँ गतव्य राेजीरहेकाे भएपनि दलालले भने सन् २०१० बाट यहाँ मान्छे ल्याउने काम थालेका हुन् । २००४ मा १२ जना नेपालीकाे सुन्नी अान्ना समुहले हत्या गरेपछि सरकार असुरक्षित भन्दै अहिलेसम्म भिषा बन्द गरेकाे भएतापनि दलालले राम्राे कमार्इ हुन्छ भन्दै ठग्दै अार्इरहेका छन् ।