गोरखा– गोरखा नगरपालिका बडा नं.१ स्थित भोगटेनी च्यानडांडा ताप्लेमा सामुदायिक वनको अधिवेशनले कुमार बानियाँलाई फेरी अध्यक्षमा चयन गरेकाे छ ।
कार्यक्रमले सर्बसम्मत रुपमा पुनः बानियाँकै अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति गठन भएको हो ।
पहिलो कार्यकाल सफल भएको र प्राय सबै उपभोक्ताको चाहाना अनुरुप पुन बानियाँले दोश्रो कार्यकाल को नेतृत्व गर्ने अवसर पाएको हुन् ।
सो समितिले आगामी दिनहरुमा समितिका सदस्यहरुलाई वन सम्वन्धि बैज्ञानिक व्यवस्थापन तालिम दिने, आवश्यकता अनुसार भुकम्प पिडितहरुलाई घर निर्माणका लागि काठ उपलव्ध गराउने तथा वनमा फायर लाईनको व्यवस्था गरिने योजना रहेको समेत नबनिर्वाचित अध्यक्षले बताए ।
निबर्तमान अध्यक्ष्य बानियाँको सभापतित्वमा संचालित उक्त्त कार्यक्रममा गोरखा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष हिक्मत बहादुर कुंवर, वडा नं.२ का वडाअध्यक्ष रहमतुल्ला मियाँको उपस्थिति रहेको थियो ।
सोहि कार्यक्रममा वडा नं.१ र २ का करिव २०० जना स्थानिय उपभोक्ताहरुको सहभागिता रहेको थियो । समितिले वडा नं. १ र २ मा बसोबास गर्ने दलित, मुस्लिम, अल्पसंख्यक तथा गरिब छात्र/छात्रा १८ जनालाई छात्रवृत्ति रकम समेत बितरण गरेको थियो ।