गाेरखा- गण्डकी प्रदेशका कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापामगरले प्रदेश सरकारले ‘एक वडा एक कृषि संकलन केन्द्र’को अबधारण अघि सारेको बताएका छन् । नेपाल मगर संघ गोरखाले माघी पर्वको अबसरमा हिजो आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री थापा मगरले यस्तो बताएका हुन् ।
कृषि क्षेत्रको बिकास बिना आर्थिक सम्बृद्धिको सपना पुरा हुन नसक्ने भन्दै मन्त्री थापाले कृषि क्षेत्रको बिकास लागि प्रदेश सरकार नयाँ ढंगले अघि बढेको बताए । ‘कृषिलाई अब आधुनिक ढंगले मेसिनको प्रयोग गरेको खेती प्रणालीको बिकास गर्नुपर्छ, उनले भने, ‘ त्यसको निम्ति आबश्यक पर्ने भूमिको व्यवस्थापन गर्ने कुरा राज्यले अगाडी बढ्ने सोचेका छौ ।’
कृषि उत्पादनलाई व्यवस्थापन गर्ने र बजारसम्म पु¥याउन सडक पूर्वाधार सर्गैै बिजुली बत्तीको व्यवस्था गर्ने दायित्व सरकारको भएको भन्दै ३ बर्षमा प्रदेशलाई कृषिमा आत्मानिर्भर बनाउने र ५ बर्षमा दोब्बर बनाउन प्रदेश सरकार लागि परेको उनले दावी गरे ।
कृषकहरुले उत्पादन गरेको कृषिजन्य सामाग्री बेचबिखनका लागि एक गाउँपालिका एक हाटबजार सन्चालनमा ल्याउनुपर्नेमा जोड दिए । ‘एउटा जिल्लामा एउटा कोल्ड स्टोर बनाउनु पर्छ,’ , अबको किसानहरुले कोट पाइन्ट टाइ लगायर खेती गर्न सक्ने हुनुपर्छ ।’ उहाँले सवै जनताले खान पाउने, लगाउन पाउने र सुखी जिवन बिताउन सक्ने अबस्था सिर्जना गर्नुपर्ने बताउनुभयो ।