गाेरखा- जिल्लाकाे सिरानचोक गाउपालिका र पालुंटार नगरपालिकाको संगम स्थल भुसुन्डे खोलामा रहेको कागवेनी मन्दिरको प्रवद्र्धन गर्ने उदेश्यले मंगलबारबाट पहिलो कागवेनी मेला सुरू भएकाे छ । भुसुन्डेमा रहेको पवित्र धार्मिक स्थल कागवेनीको प्रर्वद्धन गर्न स्थानीयकाे पहलमा मेला सुरू भएकाे हाे ।
प्रदेश सभा सदस्य प्रकासचन्द्र दवाडीले नेपाल कला संस्कृतिमा धनी रहेकाले त्यसको प्रवद्र्धन गर्न सके मात्र देश समृद्ध बन्ने बताए । स्थानीय स्तरमा हुने राजनैतिक खिचातानीले बिकास निर्माणको काम प्रभावित हुने गरेको भन्दै उनले विकासका काममा अनावश्यक राजनैतिक नगर्न आग्रह आग्रह समेत गरेका छन् ।
कार्यक्रममा प्रदेश सभा सदस्य हरिशरण आर्चायले बिकास र समृद्धी अहिलेको मुख्य एजेण्डा भएको भन्दै सोही अनुरुप गण्डकी प्रदेश सभाले नीति तथा कार्यक्रम निर्माण गरेका बताएका छन । नेपाल धर्म स्वतन्त्र मुलक भएकाले सबै धर्म र सस्कृतकीको रक्षा गर्नु सरकारको दायित्व उनको जोड छ । दुबै सांसदले कागवेनीको विकासका लागि आ–आफ्नो ठाउँबाट पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
पालुंटार नगरपालिका र सिरानचोक गाउँपाकिलाको सयुक्त आयोजनामा भएको कार्यक्रममा पालुंटार नगरपालिकाका प्रमुख ईन्जिनियर दिपकबाबु कंडेलले दुई स्थानीय विचको सम्वन्ध सुमधुर बनाउन कागवेनीले महत्वपूर्ण भूमिका खेलेको भन्दै उक्त मन्दिर संरक्षणका लागि आवश्यक बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।
यसैगरी सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङ धार्मिक एवं ऐतिहासिक स्थलहरुको प्रवद्र्धन गर्नु आफ्नो नीति रहेको भन्दै कागवेनीको संरक्षरण र प्रवद्र्धनका लागि आवश्यक समन्वय गर्ने बताए । सिरानचोक गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष दिपक हमालको अध्यक्षतामा भएको कार्यक्रम स्थानीय राजन पौडेलले मन्दिर निर्माणको लागि आफ्ना स्वर्गीय पिता कृष्णप्रसाद पौडेलको स्मृती ४ लाख भन्दा बढि मुल्य पर्ने एक रोपनी जग्गा दान गर्नुभएको छ ।
२०३३ सालमा स्थानीय पदमबहादुर गोतामे र इमानसिह लामाको पहलमा निर्माण भएको मन्दिर भूकम्पले भत्किएपछि जिर्ण अबस्थामा छ । मन्दिर पुर्ननिर्माणका लागि स्थानीयहरुले समेत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मंगलबार मात्र ५० हजार भन्दा बढि रकम संकलन भएको सिरानचोक ४ का अध्यक्ष हमालले जानकारी दिए । कार्यक्रममा राष्ट्रिय कलाकार दिपसागर थापा र सुनिला गुरुङको साथमा स्थानीय कलाकार, भजन समूह, पञ्जेबाजा लगायतको समेत प्रस्तुती रहेको थियो ।