‘के गर्ने त खोइ ! कान्छाले तरकारीमा स्कुस मन पराउदैन भनेर आफ्नो बारीमै फल्दानी बिरलै पकाउंथी ! अब, काठमाडौं आउँदा तैले नै पकाएर खुवाउनु पर्ने भो बाबु ! नियती नै येस्तै रैछ ! म के गरूं !’
अन्टिको असामयिक,अकल्पनीय मृत्यु भएको सुनेपछि काठमाडौं किरियाघर गएर अन्कलछेउ बस्नेबित्तिकै मलाइ हेर्दै भन्नुभो! उहाँका यी शब्दहरुले काठमाडौं बसाइँमा मप्रति अन्टिको माया,अन्कलको जिन्दगीमा परेको आकस्मिक सुन्यता अनि भबिस्यप्रतिको अनिश्चिता एकैसाथ झल्को!
म नाजावाफ बनें ! किनकी,स्व समय अन्कलसामु भन्ने शब्द केही थिएन! काेठाको कुनामा कुशल-सुलभ किरिया बसिरहेका थिए!कुशललाइ हात हल्लाएर आफू आएको जनाउ दिएं ! सुलभतिर पुलुक्क हेरें ! उ टाेलाइरह्यो मात्र!
समबेदनाका शब्द भन्न कयौं आए,गए!
“आफुलाइ सम्हाल्नुबाहेको बिकल्प छैन! बलियो बन”!हरेकका शब्द यिनै हुन्थे! दाङमा बस दुर्घटना भएर कयौं कलिला विद्यार्थीले ज्यान गुमाएको समचार पढेपछी अन्कलले एक दिन भन्नुभो-“आफुलाइ पर्दा संसार नै खसेजस्तो लाग्ने हो! प्राकृतिक नियमलाई चुपचाप स्विकार्नुबाहेक अन्य बिकल्प के पो छ र खोइ”! लगत्तै,लामो सुस्केरा तान्नुभो!
अन्कलमा आएको यो सोचले उहाँको परिपक्वता त झल्काउथो नै! उहाँको संयमता,जिन्दगीको बोधपनि देखियो! प्राकृतिक नियमलाइ स्विकार्नु निर्बिकल्प हुँदाहुँदै पनि अन्टिको मृत्युमा बढीनै पिडा भो! कारण –
-उहाँ गम्भीर बिरामी कहिल्यै हुनुभएको थिएन !काठमाडौंको बासिन्दा भएको अनि असजिलो महशुस गरेको दस मिनेटमै सुबिधाजन्य अस्पताल पुर्याइ येथासम्भब कोसिस बाबजुत पनि उहाँ हामिमाझ रहनुभएन!
-उहाँले एउटा जिन्दगीमा भोग्नुपर्नेभन्दा धेरैबढि दुख झेलेर परिवारलाई येहासम्म पुर्याउनुभएको थियो! छोराहरु आफ्नो क्षेत्रमा अब्बल हुँदै थिए ! अन्कलपनि जिन्दगीमा अनकौ हन्डर खाइ अन्ततः आफ्नो क्षेत्रमा स्थापित हुनुभएको थियो!
सन्तानको खुसीमा आफ्नो खुसीदेख्ने एउटि आमाको स्वभाबिक बिपनासङ अन्टि सात्क्षाकार हुन पाउनुभएन! सम्भव्त-सयौंको बगिरहेका आसुले येहि भनेझै लाग्थो मलाइ!!
अन्कल, कुशल, सुलभसंग केही भन्न मैले जरुर पर्नेछ!!

प्रिय अन्कल,
१३औ दिनको पुन्यतिथिमा बाबुराम भट्टराई लगायत कयौका अगाडी तपाइँ भन्नुभयो! “मेरि माइली भाउजू येहि हुनुहुन्छ! १५ बर्षअघि दाइलाइ घरबाटै बेपत्ता बनाएपछिका कयौं कष्टप्रद बर्ष पार गरि उहाँ आइरहनुभएको छ अनि कलिला छोराछोरी आज आफ्नो खुट्टामा उभिएका छन्”! हो अन्कल! बुबाको आकृतीसम्म नबनेको बेला उहाँलाई बेपत्ता बनाइएपछी अनेकौ दुख झेल्दै-तर्दै हामीले येहासम्मको मुकाम तयार पारेका हौ!
तपाइँले कयौं बर्षदेखि हामीलाई सिकाउनुभएको चेत,जिम्मेवारीबोधले पनि तपाइँ यो दुखत घडिलाई शक्तिमा बदल्नुहुनेछ भन्ने मलाइ बिश्वास छ!
प्रिय कुशल
१३औं दिनसम्मको पुन्यतिथीमा तिमीसंग मेरा जेजस्ता कुरा भए,तिमिले मसंग जेजस्ता विचार आदानप्रदान गरेउ ,म पुकुलित छु! बुढ्याैली लाग्दैगएका बुबाप्रतिका तिम्रा सपना,ईन्जिनियरिङ पढ्दै गरेको “कलिलो”भाइप्रती तिम्रो जिम्मेवारीबोध सुन्दा तिमीप्रती मेरो सोछ बदलियो!
मैले एकचोटि कयौंदिनदेखी सोध्न चाहेर पनि नसकेको कुरा अन्ततः तिमिलाइ सोधे, “कुशल,अमेरिकामै थाहा थियो तिमिलाई ममिको अवस्थाबारे”!

वाफमा तिमिले भन्यौं -दाइ, जे भयो यति छीटाे येतिसम्म होला भन्ने त सोचेको थिइन! तर,बाबाले छिटोभन्दा छिटो फर्कन गरेको आग्रह, अनि आफ्तका अलिक भिन्न संदेशले मलाइ गहिरो शोक पर्यो कि भन्ने सोच्दै नसोचेको कुरा सोच्न बाध्य पारेको थियो! सबैका अगाडी आफू कमझोर भैदिदा भाइ-बुबामा पर्ने असरबारे तिमी उत्तिकै सचेत थियौ!
कुशल, तिमी र मैले जिन्दगीमा सुखदुःखका अनेकौं सम्बाद गर्यौ होला! हेक्का छैन! तर ,यी सम्बाद मेरालाई आजिवन जिवन्त अनि मार्गदर्शक सोचपनि हुनेछ!
प्रिय सुलभ,
पढाइको अंतर हामीमा खासै छैन! तिमीले ईन्जिनियरिङ अनि मैले मेडिकलमा स्नातक सकाउने एकै समय पर्नजान्छ ! भलै, उमेरमा फरक भएपनी! तर, ब्यवाहिरक कुराको बुझाइ, परिपक्वता तिमीमा कम छ! यसर्थमा कि तिमी आफ्नो आमा-बुबाको काखबाट बिमुख कहिल्यै हुनुपरेन!
कुशल, सानै उमेरमा बुढानिलकण्ठ पढ्न जांदा तिमी स्नातक पढ्दैगर्दासम्म पनि एक घन्टा लगाएर आनन्दले भात खाइरह्र्को अनि अन्य कुरामा कुनै चासो नराखेको मैले देखेको छु! अन्टिको मृत्युको तिमिमा गहिरो प्रभाव पर्नेछ ! गहिरो अभाव महसुस हुनेछ!
तिमिलाइ आज म एउटा कुरा भन्छु सुलभ-
म मेरो बुबाको अभावमा आजभोली पनि कयौंपटक रोइरहेको हुन्छु! जबजब म एक्लो हुन्छु, जब कुनै कुरामा दुखी हुन्छ! म बुबालाइ सम्झन्छु! बुबाको सम्झनामा मैले लेखेका आलेखहरु पढेकै भएपनी फेरि पढ भाइ! तिमीलाई केही सकारात्मक उर्जा जरुर मिल्नेछ!
तरपनी,तिमीले मलाइ कहिल्यै दुखित भएको देखेका छौ? पक्कै छैन होला! किनकी,म खुसी सबैलाइ बाड्न चाहन्छु!दुखलाइ आफैंसङ राखी अझ मजबुत हुन चाहन्छु! भाइ,यो प्राकृतिक नियमलाइ मानेर आफुलाइ बलियो बनाइ अघि बढ्ने सुभकामना बाहेक म के नै पो दिनसक्छु र तिमिलाइ!
स्व•अन्टि ,
मलाइ अर्को जुनिमा बिश्वास त छैन!मलाइ मरेपछी गरिने देवत्वरहणमा कुनै रुचि पनि छैन! तर,आत्माको अस्तित्वमा सहमत छु! र भन्छु, तपाइको नाममा हामिल्र खोलेको स्मृति कोशले केही सकारात्मक कार्य अवस्थ नै गर्नेछ!! आफुले हुर्काएको बिरुवालाई छोडेर गएपनी यी बिरुवाले तपाइको महत्त्व जिन्दगीभर महसुस गरिरहनेछ!
अन्टि,तपाईंको सम्झनामा यो लेख तयार गर्दा म सल्यानको एक होटेलमा छु! एकान्तमा,तपाईंसंग बिताएका प्रत्येक पलले मेरा अँखा भिजाएका छन् !धेरै पर क्षितिजमा म रोइरहेको छु! अनि सम्झिरहेको छु,मलाइ त येति गाह्रो हुन्छभने सात समुन्द्रपारी कुशललाइ कस्तो हुँदो हो! ममिले पकाएको भात खाने बानी परेको सुलभलाइ के हुँदा हो!
कहिल्यै भान्साकोठामा नपस्ने अन्कललाइ आफैले पकाएर सुलभलाइ खुवाउनुपर्दा आफ्नी “सारा संसार”को यादले कति पिरोल्दो हो!
अन्कल, ,”कोहि साधरण मानिस बाकी संसारका लागि कोहि नहुन सक्छ,तर त्येही साधरण मानिस कसैकसैका लागि सारा संसार हुनसक्छ”! चोट गहिरो पर्यो! असोचनिय पर्यो! चुपचाप स्विकार्नुबाहेक अन्य बिकल्प रहेनछ!
अन्कल, शोकलाइ शक्तिमा बदली अन्टिको स्मृतिमा बढीभन्दा बढी कार्यक्रम गरेर उहाँको आत्मलाई खुसी पार्नु नै सबैको आगामी कर्तव्य हुनुपर्छ!!
हामीलाई छोडेर जानुभएको एक महिना पुगेको आजको दिनमा अन्टिप्रती श्रद्धाञ्जली दिदै उहाँको सपना पूरा गर्न अझ प्रतिबद्ध हुनेछु!