गाेरखा- जिल्लाकाे भिमसेन थापा गाउँपालिका,१ मसेल घ्याम्पेशाल मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। गोरखा-घ्याम्पेसाल-काठमाडौं सेवा समाज तथा लायन्स क्लव अफ नयाँबजार, काठमाडौं र ओम साईबाबा मेमोरियल हस्पिटल प्रा.लि.को संयुक्त आयोजनामा २ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो।

शिविरमा मसेल, धावा, तान्द्राङ्ग,बगुवा, अश्राङ्ग, बोर्लाङ्ग, लगायत अन्य गाउँपालिकाका वडाहरु पन्द्रुङ्ग, देउराली, ताकु, बारपाकका सेवाग्राहीहरुलाई निशुल्क स्वास्थ्य जाँच गरिएको गोरखा, घ्याम्पेसाल काठमाडौं सेवा समाजका अध्यक्ष रामचन्द्र श्रेष्ठले बताए ।

स्वास्थ्य शिविरमा स्त्रीरोग, नाक,कान,घाँटी, हाडजोर्नी, नसा, मधुमेह जस्ता रोगहरुको परिक्षण गरिएको थियो। उक्त स्वास्थ्य शिविरमा झण्डै ७ सय जनाले स्वास्थ्य परीक्षणमा सहभागी भएको लायन्स क्लव अफ काठमाडौं नयाँबजारका अध्यक्ष रविनराज वन्तले बताए। शिविरमा सबैभन्दा बढी स्त्रीरोग सम्वन्धी परीक्षण गराउन उपस्थित भएका थिए ।

गोरखा, घ्याम्पेसाल काठमाडौं सेवा समाजका अध्यक्ष रामचन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रको उद्घाटन प्रमुख अतिथि भीमसेन थापा गाउँपालिकाका अध्यक्ष ईश्वर पाण्डे रहेका थिए । भने समापन कार्यक्रमको प्रमुख अतिथिमाको रूपमा सोही गाउँपालिकाका उपाध्यक्ष विनु वाग्लेको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन गोरखा, घ्याम्पेसाल काठमाडौं सेवा समाजका सचिव सुरेश अधिकारीले गरेका थिए।