गाेरखा-गाेरखा क्याम्पस गाेरखामा अध्यनरत छात्रालाई आवासीय सुविधाका लागि बनाइएको छात्रावासमा क्याम्पसका शिक्षक र कर्मचारीहरु बस्न थालेका छन् । जिल्लाकाे एकमात्र सरकारी क्याम्पसमा अध्ययनरत छात्राहरूकाे सुविधा निम्ति बनाइएकाे छात्राबासमा क्याम्पसका शिक्षक र कर्मचारीहरू बस्न थालेका हुन् ।
०६५ सालमा अर्थमन्त्री बनेका डा. बाबुराम भट्टराईले छात्रावास निर्माणका लागि मन्त्रालयबाट एक करोड रकम बिनियोजन गरेका थिए । उक्त रकमबाट ०६६/६७ सालमा २८ कोठे भवन निर्माण गरियो । तर, छात्रावासमा बस्न क्याम्पसका कुनै पनि छात्राहरुले रुचि देखाएनन् ।
‘२०६८ सालमा पहिलो पटक छात्रावासमा बस्न चाहनेका लागि निवदेन खुलायौ,’ तत्कालीन क्याम्पस प्रमुख रामशरण बानियाले भने, ‘एकजनाको मात्र निवदेन पर्यो, तर केही समयपछि उनी पनि विवाह गरेर गइन् ।’ वर्षेनी निवदेन माग गरेपनि छात्रावासमा बस्ने रुचि कसैले नदेखाएको उनले बताए ।
बारमबार आवेदन माग गरेपनि निवेदन दिने छात्रा कोही नभएको क्याम्पस प्रशासनले जनाएको छ । सोहि रकमबाट ०६६/६७ सालमा २८ कोठे भवन निर्माण गरियो । तर, छात्रावासमा बस्न क्याम्पसका कुनै पनि छात्राहरुको खास रुची देखाएका छैनन्।
झन्डै तीन वर्ष प्रयोगविहीन रहेको भवनमा २०७० सालबाट शिक्षक र कर्मचारीहरु बस्न थाले । अहिले आएर १२ वटा कोठामा शिक्षक र कर्मचारी बस्दै आएको क्याम्पस प्रमुख विकासकुमार श्रेष्ठले बताए । ‘छात्राहरुका लागी बनाएको भवनमा सकेसम्म छात्रा नै बसुन् भनेर बारमबार आग्रह गरिरहेका छौ, कक्षा-कक्षामा गएर पनि भनिरहेका छौं, तर कोही पनि बस्न चाहदैनन्,’ उनले भने ।
प्रयोगमा नआएको छात्रावासको भवनमा स्नातकोत्तरको कक्षाहरु संचालन गर्ने क्याम्पसको तयारी छ । जम्मा ६ सय ६८ जना विद्यार्थी मध्य अधिकांश विद्यार्थी बारपाक सुलिकोट, चुमनुव्री, धार्चे र आरुघाट गाउँपालिकाका रहेको क्याम्पस प्रमुख श्रेष्ठले बताए । क्याम्पसमा अध्यनरत बिद्यार्थी मध्य ४९३ -७३ प्रतिशत) छात्रा छन् भने १७५ -२५ प्रतिशत) छात्र छन्