चुनाबका बेला मात्रै गाउँ गाउँमा पसेर यो गरिदिन्छु र उ गरिदिन्छु भन्दै अरु नेताहरु झैँ फोश्रो भाषण छाँटेर भोट मात्रै माग्दै हिंड्ने, त्यसपछि टाप कस्ने र फर्केर हेर्दै नहेर्ने छट्टू नेता परेनन्, बाबुराम। हरेक महिना गोर्खाको आफ्नो चुनाबी क्षेत्रमा गएर जनताको सुख दु:ख बुझ्छन्, डा. बाबुराम भट्टराई।
यसपालीको हिउँदोमासा पनि उनी गोर्खामा मेसैसंग धेरै कुराहरुको चाल बुझ्दै र जनताको ख्याल गर्दै हिँडिराछन्, भट्टराई। नयाँ ब्यबस्था फेरिए संगै स्थानीय स्तरमा जनताको अबस्था फेरिने सुरसाँगा भैराखेको छ कि छैन भन्दै चाल बुझ्दै हिंडीरहेका छन् उनी यति बेला, गोर्खातिर। यति मात्रै हैन, नयाँ सरकारलाई एउटा आलोचनात्मक (कन्स्ट्रक्टिभ) तरीकाले सुझाब दिंदै बाटो देखाई रहेका छन् उनी। उनी राम्रोलाई राम्रो भन्छन् र नराम्रोलाई सातो जानेगरी झस्काई दिन्छन्। यो अर्थमा जनताका एक सच्चा अभिभाबक हुन्, डा. बाबुराम भट्टराई।

यही माघ ५ गतेका दिन गोर्खाको भीमसेन थापा गाउँपालिका स्थित नयाँ शक्तिको प्रथम सम्मेलनलाई चर्चित गोर्खाली नौमती बाजागाजाका साथ भब्य रुपले सम्पन्न गर्दै बाबुराम उत्तरी गोर्खाको पहाडी गाउँतिर उकाली लागे।
भीमसेन थापा गाउँपालिकामा नछोड्दै उनले कमिशनको भरमा बिदेसीलाई सुम्पने चलखेल भैरहेको बुढीगण्डकी जलबिद्युत परियोजना नेपालीले आफ्नै लगानीमा बनाउन पाउनु पर्ने माग राख्दै स्थानीय जनता मार्फत सरकारको ध्यानाकर्षण गरे। यस बारेमा उनले आफ्नो ट्विट्टरमा यस्तो लेखेकाछन् जुन जस्ताको तस्तै यस प्रकार छ ।
“ऐतिहासिक भीमसेन थापाको गाउँ सम्मिलित गोरखाको भीमसेन थापा गापाको नयाँ शक्तिको प्रथम सम्मेलन भव्य रूपमा सम्पन्न! प्रत्यक्ष लोकतन्त्रको अभ्यास स्थानीय, प्रदेश र संघमा गरेर लोकतन्त्रको लोकतान्त्रिकरण तीव्र पार्ने अभियानको उत्साहजनक शुरूवात! बुढीगण्डकी परियोजना नेपालले नै बनाउने माग!”
यसै क्रममा उनले गोर्खाको आफ्नो चुनाबी क्षेत्र नम्बर २ मा पछि गाभिएका तर बिकासको हिसाबले चाहिं राज्यद्वारा जबर्जस्ति पछि पारिएका उत्तरी गोर्खाको बारपाक-सुलिकोट पर्बत वरपरका गाउँघरहरु अन्तर्गतको विकासे गतिबिधिलाई नियाल्दै हिंडेको देखिए। उनी बारपाक-सुलिकोटको छेऊ पन्ध्रुङ्ग देउरालीको जराङ्ग स्थित फूटबल मैदानमा भेटिए।
ऐतिहासिक जनयुद्दको पहिलो शहिद दिल बहादुर रम्तेलको गाउँ नजिक पुगेर उनले फूटबल खेलाडीहरुलाई हौसला दिँदै एक दिन नेपालले अबश्य पनि ओलम्पिक गोल्ड मेडल जित्ने भन्दै सारा फूटबल खेलाडीहरुको मनोबल उठाउँदै राज्यको ध्यानाकर्षण गराए। यस बारेमा उनले आफ्नो ट्विट्टरमा यस्तो लेखेकाछन् जुन जस्ताको तस्तै यस प्रकार छ ।
‘उत्तरी गोरखाको जरांगमा जराङ कप फुटवल प्रतियोगिताका विजयी खेलाडीहरूलाई पुरस्कार र वधाइ दिंदा गाउँगाउँमा खेलकूदप्रति यस्तो आकर्षण पाएर छिटै कुनैदिन नेपालले ओलम्पिक पदक जितेको देख्न पाइने सपना पो देखियो! झन् आफ्नै गाउँ खोप्लांगको टिमले जितेछ! राज्यका सबै अंगले विशेष ध्यान दिउन्!’
यसपछि उनि बिस्तारै बारपाक सुलिकोट गाउँ पालिकाको केन्द्र ताक्दै ताकु पाल्खु भञ्ज्याङ्गतिर लर्किए। त्यहाँ पुगेर उनले जनतालाई ठूला राजनीतिका पाठ भन्दा घरायसी र ब्यबहारिक कुराहरु सिकाए। उनले अब गाउँघरतिर बिशेष गरी प्रजनन् स्वास्थ्य तथा अन्य सर सफाईमा ध्यान दिने, बाहिरबाट गाउँघरमा आयात मात्रै नगरी गाउँमै उत्पादन बढाएर बाहिरतिर निर्यात बढाउनेतिर सबैको आँखा खोलिदिए।

यसको लागि उनले गाउँमा चौबिसै घण्टा चल्ने पक्की बाटो हुनु पर्ने कुराको सुझाब दिए। यस सन्दर्भमा उनले आफ्नो ट्विट्टरमा यस्तो लेखेकाछन् जुन जस्ताको तस्तै यस प्रकार छ। ‘निर्वाचनक्षेत्र जनभेटघाटमा यसपटक ठूला राजनीतिक कुरा भन्दा गाउँले जनताले सरसफाइमा ध्यानदिने, पानी उमालेर मात्र खाने, महिलाहरूले प्रजनन स्वास्थ्यवारे शुरूमै नलजाइकन परामर्श लिने, नयाँ बाटो गाउँमा पुगेपछि आयात मात्र गर्ने हैन निर्यात गर्ने उत्पादनवारे सोच्ने इ. व्यवहारिक कुरो बढी गरियो!’
यसपछि उनी ताकू स्थित बारपाक सुलिकोट गाउँ पालिकाको केन्द्र पुगे। यसपाली त्याहाँ पुगेर बाबुराम भट्टराईले नयाँ स्थानीय सरकारको पुरानै कार्यशैलीलाई जनता सामु उदाङ्गो पारिदिए। त्यहाँ गाउँपालिकाको कार्यालय भित्र पुरानै शैलीमा टेन्डर प्रक्रिया भईरहेको, कार्यालय बाहिर सुरक्षाकर्मी पुलिसले पहरा दिएर बसेका तथा वरिपरी पुरानै शैलीमा स्थानीय डनहरु टेण्डरलाई प्रभाब पार्नको लागि बाहिर होहल्ला गरी बसेको कुरा दुनियाँलाई ह्वाङ्गै देखाई दिए। हुन पनि गुण्डागर्दीको डर धम्की र कमिशनको भरमा बन्ने सडकहरुको पाप्रा तीन महिना पनि नपुग्दै प्लास्टिकको लोप्रा जस्तै उप्कने खालका हुन्छन्।
आफ्नै आँखाको अघिल्तिर भैराखेको गतिबिधिलाई जस्ताको तस्तै तस्बीरहरु आफ्नो फेसबुक र ट्विट्टर मार्फत छरप्रष्टैसंग सार्बजनिक गर्दै बाबुराम भट्टराईले सरकार झस्किने गरी यस्तो स्टाटस लेखे, जुन हुबहु यस प्रकार छ: “सडकनिर्माणको टेण्डर हाल्ने दिन गाउँपालिका अफिस युद्धमैदान जस्तो पो देखियो! गापा प्रमुख र कर्मचारी भित्र कोठामा वाहिरबाट साँचो लगाएर बस्ने; टेण्डर हाल्ने डनहरू वाहिर तयारीमा बस्ने; पुलिसको टुकडी पोजिसन लिएर बस्ने! अनि कसरी गुणस्तरीय निर्माण होस्? भ्रष्टाचारको जरो गाउँगाउँमा किन नपुगोस?”
यसकोलागि उनले स्थानीय सरकारलाई गोप्य रुपमा ईटेण्डर प्रणालीको बिकास गर्नु पर्ने भन्दै सारा प्रशासन यन्त्र र जनताहरुको आँखा खोलिदिएका छन्।
हुनपनि सामान्य ई-बिडिङ्ग या ईमेल मार्फत आबश्यक कागजपत्र र गोप्य बोल-कबोल पत्र आब्हान गरेर चुपचापसंग रीत र प्रक्रिया पुगी ईन्टरनेट मार्फत अपलोड भई आएको टेण्डरद्वारा भित्रभित्रैबाट छनौट गरी प्रकाशित गरे बढो ब्यबस्थित हुने थियो।
बरु यो ईमेल सूचना बाहिर लिक नहोस् भनेर एउटा कडा अनुशासन भएको समितिको रोहबरमा उक्त ई-बिडिङ्ग या ईमेललाई खोल्ने र निश्चित समय अबधीभर बिशेष प्राबिधिकहरु सहितको टोलीले उक्त टेण्डरको छानबीन गरेर चुपचाप नतिजा बाहिर निकाले त भई हाल्यो नि, अहिले सूचना प्रबिधिको जमानामा।

यसरी खुलेआम गाउँ पालिकाको कार्यालयमा भईरहेको लाहापर्बाहीको बारेमा तितो पोख्दै आफ्नो फेसबुक स्टाटसमा बाबुराम भट्टराई पुन लेख्छन्: “गापा कार्यालय सडक निर्माणको टेण्डर हाल्ने दिन युद्धमैदान जस्तो देखिदा नमिठो अनुभूति भयो! यस्तो तरिकाले कसरी गुणस्तरीय निर्माण कार्य हुन्छ? कसरी भ्रष्टाचारको क्यान्सर तलतलसम्म पुग्नबाट रोक्न सकिन्छ? ई-बिडिंगको तरिका किन अपनाउन सकिन्न?”
यति भन्दै अझै उत्तरतिर हान्निएर निर्धारित समय भित्रै सुलिकोट पर्बतको माथिल्लो काख सौरपानीमा पुगे, बाबुराम। त्यहाँ पुगेर उनले ठूला राजनीतिका कुरा भन्दा घरायसी र ब्यबहारिक अनि स्थानीय बिकासका पूर्वाधारको लागि सरकारले पूरा गरिदिनु पर्ने जनताहरुका तत्कालिन आबश्यकताका कुराहरु उठाई दिए। उनले अब गाउँघरतिरका पहाडका टुप्पोतिर पानी, बिजुली र पक्की बाटो पुर्याउनु पर्ने कुरामा जोड दिए।
त्यस्तै बाहिरबाट गाउँघरमा आयात मात्रै नगरी गाउँमै उत्पादन बढाएर बाहिरतिर निर्यात बढाउनेतिर सबैको आँखा खोलिदिए। यसको लागि उनले गाउँमा चौबिसै घण्टा चल्ने बिजुली र बार्हैमासा चल्ने पक्की बाटो हुनु पर्ने कुराको सुझाब दिए।
स्मरण रहोस्, सौरपानीका युवाहरुले भर्खरै केही दिन अघि मात्रै सौरपानीको लेकतिरको लोकल उत्पादनहरुलाई सोझै काठमाण्डौ ल्याउने बहस चलाएका छन्। बाबुराम भट्टराईको सुझाब र सौरपानीका युवाहरुको योजनामा अर्थपूर्ण रुपले एकरुपता पाईएको छ।
यसर्थ बाबुराम भट्टराईको यसपालिको गोरखा भ्रमण समग्रमा निकै नै अर्थपूर्ण रह्यो। सदा झैं भन्दा फरक शैलीको यो भ्रमणमा बाबुराम भट्टराईले स्थानीय सरकारको कार्य शैलीको समालोचना गर्दै हिंडे। उनले केन्द्रको ध्यानाकर्षण गर्दै आफ्नो गाउँठाउँको बिकासको लागि स्थानीय जनतालाई धेरै कुराहरुको गाईड लाईन अर्थात् ज्ञान दिए।
अत: आफ्नो चुनाबी क्षेत्र गोर्खाको उत्साह जनक भ्रमणलाई बिटमार्दै अन्त्यमा आफ्नो फेसबुक स्टाटस मार्फत बाबुराम भट्टराईले यस्तो लेखे:
‘मासिक निर्वाचनक्षेत्र जनभेटघाटको क्रममा यसपटक वारपाक सुलीकोट गापाका वार्ड ४ (सौरपानी ),५ (ताकुमाझ लाकुरीवोट),७ (देउराली) र ८ (पन्द्रुंग जरांग) पुगियो! ठूला राजनीतिक कुरा भन्दा जनताले राज्यलाई मालिक हैन सैवक बनाउनुपर्ने, गाउँमा बाटो पुगेपछि बाहिरका वस्तु आयात गर्ने मात्र हैन निर्यात गर्ने वस्तु उत्पादनमा ध्यान दिने, सरसफाइमा ध्यान दिने र पशुको गोठ मान्छे बस्ने घरभन्दा टाढा राख्ने, पानी सधैं उमालेर मात्र खाने, महिलाहरूले प्रजनन स्वास्थ्यवारे शुरूमा नै नलजाइकन स्वास्थ्यकर्मीबाट परामर्श लिने आदि व्यवहारिक कुरा गरियो!’
गापा कार्यालय सडक निर्माणको टेण्डर हाल्ने दिन युद्धमैदान जस्तो देखिदा नमिठो अनुभूति भयो! यस्तो तरिकाले कसरी गुणस्तरीय निर्माण कार्य हुन्छ ? कसरी भ्रष्टाचारको क्यान्सर तलतलसम्म पुग्नबाट रोक्न सकिन्छ? ई-बिडिंगको तरिका किन अपनाउन सकिन्न?”
चुनाबका बेला मात्रै गाउँ गाउँमा पसेर यो गरिदिन्छु र उ गरिदिन्छु भन्दै अरु नेताहरु झैँ फोश्रो भाषण छाँटेर भोट मात्रै माग्दै हिंड्ने, त्यसपछि टाप कस्ने र फर्केर हेर्दै नहेर्ने छट्टू नेता परेनन्, बाबुराम। हरेक महिना गोर्खाको आफ्नो चुनाबी क्षेत्रमा गएर जनताको सुख दु:ख बुझ्छन्, डा. बाबुराम भट्टराई।
यसपालीको हिउँदोमासा पनि उनी गोर्खामा मेसैसंग धेरै कुराहरुको चाल बुझ्दै र जनताको ख्याल गर्दै हिँडिराछन्, भट्टराई। नयाँ ब्यबस्था फेरिए संगै स्थानीय स्तरमा जनताको अबस्था फेरिने सुरसाँगा भैराखेको छ कि छैन भन्दै चाल बुझ्दै हिंडीरहेका छन् उनी यति बेला, गोर्खातिर।
यति मात्रै हैन, नयाँ सरकारलाई एउटा आलोचनात्मक (कन्स्ट्रक्टिभ) तरीकाले सुझाब दिंदै बाटो देखाई रहेका छन् उनी। उनी राम्रो लाई राम्रो भन्छन् र नराम्रोलाई सातो जानेगरी झस्काई दिन्छन्। यो अर्थमा जनताका एक सच्चा अभिभाबक हुन्, डा. बाबुराम भट्टराई।
रूद्र ढकाल/साैरपानी