काठमाडाैं- नेपाली दलालहरुको नयाँ गतब्यका रुपमा इराक पर्दै आएको छ । सामान्यतया, ७ दिनदेखि १५ दिनभित्र ४ लाख पैसा दिएपछि दलालहरु मनग्य पैसा कमाउने आशामा नेपाली युवा–युवतीहरु इराकमा ल्याउने गर्छन्। इराक आउनका नेपाल सरकारले गैरकानुनी भनी बन्द गरेकाे भएपनि हाल इराकमा करिब ५० हजार नेपालीहरु रहेको पाईन्छ ।
इराकको कुर्दिस्तान, दोहक, सुलेमानी, बग्दाद लगायतका सहरमा नेपाली दलालहरुले अमेरिकी डलर ६ सय भन्दा बढि कमाईहुने भन्दै झुट्टो आश्वसन दिदैँ नेपालीहरुलाई नै फस्साउदै आएका छन् । हाल, नयाँ गतव्यका रुपमा दलालहरुले इराकको बग्दाद सहरलाई नेपाली दलालहरको नयाँ गतव्यका रुपमा स्थाथित गदै आएका छन् ।
कसरी आउँछन् नेपालीहरु इराकमा !
सामान्यतया, १ हप्तामा सयुक्त अरब इमिरेट (दुबई)को भिषा हात लाग्छ । २८ दिनकोे भिषा लगाएर नेपालीहरु करिब एक हप्ताको आउने–जाने टिकट सहित दुवई आउछन् । दुवई आउँदा नै उनीहरुसँग इराकको भिषा साथमा हुन्छ ।
इराक आउनका लागी नेपालमा नै सक्रिय रुपमा रहेका ट्राभल एजेन्टहरुको फन्दामा परि राम्रो तलब पाउने आशामा दलालले भनेको जति पैसा (४ हजार डलर) तिरेर उनीहरु दुवई आउछन् ।
दुवई आएपछि ट्राभल एजेन्टको सम्पर्कमा रहेका ब्यतmीहरुले उनीहरुलाई इराकको भिषा, टिकट लगाएतका डकुमेन्टहरु इराक आउन जानेलाई दिन्छन् । तर, प्राय नेपालको विमानस्थल प्रयोग गदै दुवई आउनेको साथमा भने इराक आउनका लागि आबश्यक पर्ने डकुमेन्टहरु उनीहरुले साथमा नै ल्याउने गर्छन् ।
दुवईको खास गरि सारजाह विमानस्थलमा उनीहरुको ट्राजिन्ट विन्दु हुने गर्छ । सारजाह विमानस्थलमा आएपछि भिषा र टिकट हुनेहरु इराक आउछन् । साथमा ट्राभल भिषा र टिकट नहुनेहरु केहि समय दुवईको सारजाह एरियाका विभिन्न क्याममा नेपाली एजेन्टहरुले राख्ने गर्छन् ।
एअर अरेवियाको आडमा दलाले गर्छन् मानव तस्करी
प्राय, नेपालबाट दुवईको सारहजा विमानस्थल हुदैँ तेस्रो राष्ट्र जान-आउनेहरुको एक मात्र हवाई माध्यम भनेको एअर अरेविया हुने गर्छ । एअर अरेवियाको टिकट सस्तो हुनु, नेपाली एजेन्टहरुको सहज पहुचं हुने भएकाले नै नेपाली दललाहरुले भिटिज भिषाका नाममा नेपाल हुदैँ तेस्रो राष्ट्रमा मानव तस्करी गदै आईरहेका छन् । प्रत्येक एअर अरेवियामा प्राय नेपाली युवा–युवती मात्र हुन्छन् । उनीहरुले नेपाल हुदैँ दुवई अनी तेस्रो गतव्यका रुपमा इराक, टर्की लगायतका अन्य राष्ट्रमा आफ्नो गतव्य बनाउने गर्छन् ।
कस्तो छ इराकमा
नेपाली दलालहरुले इराकका विभिन्न शहरहरुमा राम्रो तलवको आशा देखाउदै नेपालीहरुलाई यहाँ ल्याउने गर्छन् । तर, यहाँ दलालले भनेको जस्तो पाउन मुस्किल छ । राम्रो तलव पाउने आशामा २ बर्ष अगि इराक आएका सिन्धुपाल्चोकका राम तामाङ अहिले अकमा (अस्थायी परिचय–पत्र) नविकरण नहुदाँ समस्यामा परेका छन् ।
भन्छन् ‘दलालले राम्रो तलव हुन्छ भनेर विश्वास दिलायो, दलालको विश्वास मान्दै यहाँ आए, यहाँ आएको २ महिनामा दलालले बेपत्ता भयो, पछि गाउँको साथीहरुको सहयोगमा अकमा त भन्यो तर भनेको जस्तो तलव पाउन सकिन् । दलालले भनेको जस्तो तलव नपाएपनि ४ सय डलरको काम भने पाए ।’ उनले गुनासो गरे ।
इराकको सुलेमानी, ईरर्विल, दोहक शहरमा नेपालीहरु बाक्लो मात्रामा रहेका छन् । उनीहरु आफ्नो ब्यवसाय मात्रै गरेका छैनन् । प्राय, नेपालीहरु अहिले तरकारी खेति, तरकारी पसल, मासु पसल, हाेटल तथा रेष्टुरेन्ट लगायतका व्यबसायहरु गदै आएका छन् ।
इराकको मौषम अहिले एकदमै चिसो छ । खाडी देशहरुमा सबैभन्दा चिसो देशका रुपमा इराकलाई लिन सकिन्छ । इराकको मुख्य विन्दु भनेको ईरर्विल हो । ईरर्विलको प्राय बक्तेयारी, आंकवा, सुकसैतान लगायतका क्षेत्रमा नेपालीहरु बढि बसोबास गर्छन् । उनीहरु प्राय घर नै लिएर बसेका हुन्छन् ।
इराकमा १२ नेपाली हत्या भएको दिन
२००४ मा १२ जना नेपालीलाई जोर्डन लैजाने भन्दै दलालले इराकमा ल्याएका थिए । इराकमा काम गर्न पुगेका १२ नेपालीलाई सुन्नी अतिवादी संगठन इस्लाम अल सुन्ना समूहले विभत्स हत्या गरेको थियो ।
सोही घटना पछि नेपाल सरकारले इराक जान लगाएको प्रतिवबन्ध फुकुवा गरेको छ्रैन । इराकमै रहेर काम गर्दै आएका करिव ५० हजार भन्दा बढी नेपाली युवा–युवती कामदारलाई भने काम गर्ने अनुमति दिएको छ । अमेरिकी सेन्ट्रल कमान्डले २०६८ अघि आफ्ना नागरिकलाई प्रतिवन्ध लगाएका देशका कामदार फिर्ता गर्न भनेपछि त्यहाँ कार्यरतलाई नेपाल सरकारले अनुमति दिएको हो ।
सरकारले प्रतिबन्ध लगाए पनि गैरकानुनी बाटोबाट इराक जाने कामदारको संख्या धेरै रहेको वैदेशिक रोजगारको क्षेत्रमा काम गर्ने व्यवसायीले बताउदै आएका छन् । इराकमा विभिन्न ठाँउमा छरिएका अमेरिकी बेस क्याम्पहरुमा नेपाली सुरक्षा गार्ड, कुक, वेटर, चालक, सिकर्मी, साधारण कामदार, कार्यालय सहायक तथा सुचना प्रवधि सम्बन्धि प्राविधिक कार्यालयमा नेपालीहरु काम गदै आएका छन् ।
५–१० हजार डलरमा बेचिन्छन् नेपाली युवती
इराकमा प्राय सिन्धुपाल्चोक, धादिङ, नुवाकोटका युवतीहरु धेरै छन् । उनीहरु गैरकानुनी बाटो हुदै इराक आएका हुन् । उनीहरु श्रीलङ्का, भारतका विभिन्न सहर हुदै यहाँ आएका हुन् । इराकका विभिन्न सहरमा आएपछि उनीहरुलाई नेपाली दलालले इराकी नागरकिलाई ५ हजार अमेरिकी डलर देखि १० हजार अमेरिकी डलरमा बेच्दै आएका छन् ।
रोजगारीका लागि गैरकानुनी बाटो हुदै इराकको बगदादमा ४ बर्ष घरमा काम गरि हाल ईरर्विलमा बस्दै आएकी नुवाकोटकी परि तामाङ (नाम परिर्वतन) लाई दलालले ७ हजार डलरमा बेच्यो । उनी ४ बर्षसम्म घरमा काम गरिन् । घरमा काम गर्दा गदै दोलखाका रामकुमार तामाङसँग बाक्लो कुराकनी हुदै आयो । पछि रामकुमारले उनलाई ३ हजार अमेरिकी डलर घर मालिक (कपिल) लाई दिएपछि उनी बाहिर आउन सकिन् ।
अहिले इराकको ईरर्विल, सुलेमानी, दोहक लगायतका क्षेत्रमा नेपाली युवतीरु प्राय भारतिय, बागालादेश, नेपाली लगायातका युवाहरुसँग लिभिङ टुगेरमा बस्छन् । उनीहरु प्राय घरबाट बाहिर निस्किए पछि यसरी अन्य देश तथा नेपालीहरुसँग बस्दै आएका छन् ।
दलालको फन्दामा परि नआउनु होला इराकमा
बैदेशीक रोजगारकिा लागि नेपालीहरु विश्वका विभिन्न सहरमा आफ्नो गतव्य बनाउदै आएका छन् । पछिल्लो ५ बर्षमा मात्रै इराकमा करिब ३० हजार नेपाली इराकमा आएको यहाँ सक्रिय रुपमा कार्यारत संस्थाहरुले दावी गदै आउका छन् ।
कुर्दिस्तान प्रवासी नेपाली समाजका अनुसार हाल इराकमा करिब ५० हजारका हाराहारीमा नेपालीहरु कार्यरत रहेको बताईएको छ । सिरियामा भएको द्धन्द्धका कारण प्राय सिरियनहरु इराक आएपछि नेपालीहरुको रोजगारी गुमेको छ । सिरियनहरु प्राय ३–४ सय डलरमा काम गर्छन् । १ हजार डलरमा काम गदै आएका नेपालीहरु सिरियाको द्धन्द्धका कारण अहिले ३–४ सय डलरमा काम गर्न बाध्य छन् ।
नेपालमा हुने र इराकमा ल्याउने नेपाली दलालले तपाईलाई ६ सय अमेरिकी डलर भन्दा बढि तलव हुन्छ भन्दै यहाँ ल्याउछन्, तर ३ महिना देखि १५ महिनासम्म काम नगरि कोठामा नै सुत्दै आएका नेपालीहरु अहिले करिव १५ हजार भन्दा बढि रहेको दावी गरिएको छ । राम्रो तलव, राम्रो हावापानी देखि यहाँ डलर पाउछं भनेपछि प्राय नेपालीहरु यहाँ आउन सक्ने गरी दलाललाई विश्वास गरि आउछन्, तर यहाँ आएपछि उनीहरुबाट हुने व्यबयाहारबाट मात्र थाहा पाउछन् ।
सोचे जस्तो छैन इराकमा
तपाई रोजगारीका लागि इराक आउन लाग्नुभएको छ भने, सबैभन्दा पहिला यहाँको केहि कुरा थापा पाउनुपर्ने हुन्छ । पहिलो, तपाईलाई अंग्रेजी राम्रोसँग बोल्न जान्नु पर्छ, या अरेविक भाषामा राम्रो ज्ञान भएको हुनुपर्छ ।
तर, तपाइले अरेविक भाषा बोल्न जान्दैमा तपाईलाई सहज हुने छैन । किनकी यहाँका प्राय मान्छेहरु कुर्दि भाषा बोल्ने गर्छन् । यो भाषा अरेबिक भाषा भन्दा भिन्न खालको छ । जस्तोको नेपाली र कुर्दि भाषा एकै किसिमको भएपनि बोलाई र बुछाई निकै नै भिन्न खालको छ ।
द्रोसो, इराकको ईरर्विल भित्रको कुर्दिस्तान क्रियश्नहरको बाक्लो बस्ती छ । यहाँ दुइवटा एरिया छ । पहिलो क्रियश्नहरुको बाक्लो बस्ति भएको र आर्को, मुस्लिमहरको बस्ति भएको एरिया । यहाँको सबैभन्दा राम्रो पक्ष भनेको ट्याक्सी डाईभर हुन् । यहाँ ट्याक्सी चलाउनका लागि कुर्दिहरु बाहेक अरुलाई अनुमति छैन् । तपाई कतै जानुपर्यो भने तपाई ट्याक्सी डाईभरसँग क’रा गर्न सक्नुहुन्छ । प्राय ५ किलोमिटरको भागमा ५ हजार कुर्दी डिनार भन्यो भने तपाइ उसलाई ३ हजार भन्नुभयो भने उसले सहजै मान्छ ।
आर्को कुरा भनेको बिश्वको सबैभन्दा कम मुल्यको पैसा भनेको यहाँको हो । १ सय नेपाली रुपैयाको इराकको १ हजार डिनार हुन्छ । तर, यहाँ अमेरिकी डलर बढि चल्छ । त्यसैले कुनैपनि दलालको फन्दामा परि यहा आउने प्राय पछि समस्यामा परेका हुन्छन् । पहिलो त यहाँ आउनका लागि नेपाल सरकारले अनुमति दिएको छैन ।
दाेसो, यहाँ कुनै पनि यहाँ कुनैपनि कुटनितिक नियोग छैन । त्यसैले, यहाँ आएपछि समस्यामा परेमा यहाँ समाजिक क्षेत्रमा काम गदै आएका समाज संस्थाहरुको पहलमा तपाई उद्धार त गर्न सकिन्छ तर भनेको जस्तो सजिलो छैन ।
भिटिज भिषामा इराकका शृखलाहरू
१. इराकका गल्ली-गल्लीमा भेटिन्छन् नेपाली बेराेजगार दलाल, तपाइपनि फस्नु हाेला, हाेस गर्नाेस ! [भाग-१]
२. भिजिट भिषामा इराक : गल्ली-गल्लीमा भेटिन्छन् नेपाली बेराेजगार दलाल [भाग-२]
३. राेजगारीकाे नाममा इराकमा माैलाउदै ठगी, नेपालीले नेपालीलार्इ नै यसरी ठग्छन् ! [भाग- ३]