गोरखा – लियो क्लव अफ गोरखाले महेन्द्र ज्योति माध्यमिक विद्यालय दरवारमार्गमा आज एक कार्यक्रमका बीच विद्याथीहरुको नि:शुल्क रक्त समुह पहिचान कार्यक्रम सम्पन्न गरेको छ ।
जिल्लाको एक मात्र अस्पताल गोरखा अस्पतालमा आकस्मिक रगत आबश्यक पर्दा तत्कालै दान गर्न सक्ने र विद्यार्थीहरुलाई आफ्नो रक्त समुहको वारेमा जानकारी दिने मुख्य उद्धेश्यले विद्यालयमा नै गएर विद्यालयको कक्षा १०, ११ र १२ मा अध्ययनरत ८२ जना बिधार्थिहरुको निशुल्क रक्त समुह पहिचान गरि रक्त समूह पहिचानको कार्ड वितरण गरिएको क्लवका स्वास्थ्य बिभाग संयोजक अस्मिता खड्काले जाकारी दिए ।

सोहि कार्यक्रमको लागि आवश्यक सामग्री संयोजक खड्का को आफ्नै ल्याबबाट सौन्जन्य गरेकी हुन् । क्लबले छिट्टै अन्य स्थानमा पनि ब्लड ग्रुपिंग पहिचान गर्ने तयारि रहेको पनि निज खड्काले जानाकारी गराइन ।
उक्त कार्यक्रममा क्लवका अध्यक्ष यम वसेल, सचिव वालकृष्ण परियार, विद्यालयका प्रधानाध्यापक लक्ष्मण वावु आचार्यले मन्तव्य राख्नु भएको थियो । यस अघि पनि क्लवले विभिन्न विद्यालयहरुमा, स्टेशनरी वितरण, हस्तलिखित कार्यक्रम, सास्क्र्तितिक कार्यक्रम न्यानो कपडा वितरण लगायतका थुप्रै सामाजिक कार्य गर्दै आइहेको छ ।