समाजसेवी/शिक्षक नन्दलाल ढकालको जन्म गोरखा जिल्ला उत्तरी खण्डको रमणीय एवंम प्राकृतिक सुन्दरताले भरिएको गाउँ बारपाक-सुलिकोट-४, अन्तर्गत घुन्चोक पोखरी (अर्थात् तत्कालीन सौरपानी गाउँ पंचायत वडा नं. -३) मा बि. सं. २०२० साल चैत्र २० गते विहीबारको दिन भएको थियो।
उनी एक पहाडी निम्न मध्यम वर्गीय परिवारमा, बाबु भीमप्रसाद ढकाल र आमा देवकुमारी ढकालको कोखबाट माइलो सन्तानको रूपमा जन्म भएकाे हाे। पाँच भाई दाजुभाईका बिचको माईलो छोरो भएकोले वरपर गाउँघरतिर उनलाई सबैले प्रेमपूर्वक “माईला” भनेर सम्बोधन गर्ने गर्दथे।
वाल्यकाल देखि नै उनी बालक देखि बुढापाका सबै मानिसहरुसंग अति मिलनसार थिए । संधै हँसिलो मुद्रामा देखापर्ने उनी सबैको प्यारो आँखाको नानी जस्तै थिए। पेशालेले शिक्षक अर्थात् मास्टर काम गर्ने भएकाले पछि मानिसहरुले उनलाई नन्दलाल सर भनेर बोलाउन थाले ।
नन्दलाल सरको वाल्यकाल:
नन्दलाल ढकाल बाल्यवस्थादेखि नै अन्य बच्चाहरू भन्दा फरक शान्त र हँसिलो स्वभावका थिए। उनको स्वभाव निकै मिहेनती र लगनशिल थियो। निम्नमध्ययम बर्गीय किसान भिम प्रसादको परिबारमा सात जना बच्चा धान्न धौ धौ नै थियो। त्यसकारण उनको बाल्य अबस्था गरीबी र अभाब मा नै हुर्कियो।
शिक्षा/अध्ययन:सानै देखि पढाइमा तेज उनी बहुप्रतिभाशाली बिध्यार्थी पनि थिए। तत्कालीन श्री हिमालय प्राथामिक विद्यालय स्कूल सौरपानीबाट उनको शिक्षारम्भ भएको थियो। कक्षामा सधै प्रथम हुने उनी स्कुलमा पनि होल फस्ट हुन्थ्य भने दौड/भलिवल/खेलकुद/गायन र वक्तिक्वकला/भाषणमा उनकाे स्पष्टवक्ताको रूपमा परिचित थिए।
स्कूलबाट आउना साथ उनले परिवारलाई खेतिपाती, घाँस दाउरा अनि मेलापातमा सघाउनु पर्थ्याे। उनी मुनीका तीन भाई र दुई बैनीहरु उनी भन्दा निकै नै साना थिए। त्यसै भएर नै होला उनले बाबु आमाको दु:ख सानै देखि बुझ्न थाल्य।
गाउँमा मठमन्दिर/पाटी-पौवा/पधेरा-कुवा बनाउँदा होस् वा कोही कसैलाई दु:ख बिमार परेर अस्पताल पुर्याउन होस् या कुनै घरायसी र पारिबारिक समस्या पर्दा सबैजना “लौन ए माईला, के गर्ने होला?” भन्दै सहयोग र सल्लाहकोलागि दगुर्दै उनी भएको ठाउँमा आईपुग्थे।
उनी पनि आफ्नो सबै काम छोडेर आफूकहाँ आउने मानिसहरुलाई प्राथमिकताकासाथ सहयोग गर्थे। कसैलाई भेदभाब, पिरमर्का अनि अन्याय र अत्याचार परेको उनी केही पनि सहनै सक्नु हुन्थेन। यसरी उनी निरन्तर आफ्नो अन्तिम समय सम्म पनि यसरी नै समाज सेवामा तल्लिन भई नै रहे। त्यसैले आज पनि सौरपानी वरपरका मान्छेले उनलाई दयालु भगवान कै रूपमा स्मरण गर्दछन्।
उनले निम्नमाध्यामिक तह अध्ययन दुल्लभ माध्यमिक विद्यालय घ्याम्पेशालमा गरेका हुन भने तनहुँको खैरेनीमा बसेर माध्ययमिक तह अध्ययन गरे। उनले २०३९ सालमा बन्दिपुरबाट एसएलसी उत्रिण गरेका हुन् । एसएलसीको लगतै गाउँकै सेवा गर्ने र सौरपानीको शैक्षिकस्तोरोन्नति गर्दै अगाडी बढ्ने उदेश्यका साथ् २०३९/४० सालतिर गाउँ फर्केर श्री हिमालय निम्न माध्यमिक बिद्यालय सौरपानीमा अध्यापन गराउन थाले।
सौरपानी स्कूलमा उनको आगमनले बिद्यार्थीहरुमाझ एउटा अर्कै किसिमको रमाईलो बाताबरण ल्याई दियो। बिद्यार्थीहरुमाथि कहिल्यै हात नउठाउने मास्टर त्यसमाथि उनको मिलनसार स्वभाब अनि हँसिलो मुहार र आकर्षक र स्मार्ट व्यक्तित्व त्यसमाथि स्पष्ट र मिठो स्वरले उनी सौरपानीका बिद्यार्थीहरु माझ एकदमै लोकप्रिय बने। उनी स्कूलभरका सबै बिद्यार्थीहरुलाई व्यक्तिगत रुपमा नै ध्यान दिएर पढाउथ्य। उनको अत्यन्तै सरल र स्पष्टसंग बुझ्ने भाषामा पढाउने बानीले सबै बिद्यार्थीहरुको मनमा आजसम्म पनि बसिरहन सफल भएका छन्।
पढेलेखेको र कुरा बुझेको हुनाले घरको माथामाम्लो सबै शिरोभारो जति जम्मै कुराहरु उहाँकै थाप्लामा हुन्थ्यो। त्यति हुँदा हुँदै पनि सामाजिक काममा उहॉंको ईच्छा एकदमै थियो। त्यसैले अरु कामहरु थाँती राखेर हरेक सामाजिक कार्यहरुमा उहाँ जतिबेला पनि तयार हुनुहुन्थ्यो। उहाँले समयलाई कति पनि खेर नफाली आफ्नो शिक्षण पेशाको साथसाथै पढाईलाई पनि निरन्तरता दिंदै काठमाडौंको सरस्वती क्याम्पसबाट उहॉंले बिएड् उतीर्ण गर्दै त्रिभुबन बिश्वबिद्यालयबाट स्नातक तहको ग्र्याजुयाशन समेत गर्नु गर्नुभएको थियो।
सौरपानी स्कूलमा अध्यापन गराउंदै गर्दा त्यस बिध्यालयमा ब्राम्हण समुदाय र अन्य केही जनजाति समूदायका बिद्यार्थीहरुको मात्र उपस्थितीले उहॉंको मन भित्र सार्है नै खिन्न पारिरह्यो। उहाँको मनले कथित दलीत तथा बिपन्न वर्गका बच्चाहरुलाई पनि बिद्यालय जानमा प्रोत्साहन गर्ने अनेक उपाय सोच्न थाल्यो।
फलस्वरूप आफ्नो नजिकैको दलित समूदायका बिध्यार्थीलाई बिध्यालय लैजान प्रयास गर्नुभयो तर छुवाछुत तथा जातीय विभेद ब्यापत तत्कालिन समाजमा उहॉंको प्रयासले गति लिन सकेन। तर पनि उहॉंले हार मान्नुभएन र दलित समुदायलाई अन्य समुदाय सरह शिक्षा दिई सवल र सक्षम बनाउनु पर्छ भन्ने उद्देश्य सहित २०४७ सालमा घुन्चोकको दलित बस्तिको बिचमा श्री वराह प्रावि स्थापनाकोलागि ठूलो पहल गर्न थाल्नु भयो।
आखिर उहॉंको अथक प्रयासले प्रशासनद्वारा ओझेलमा पारिएको सौरपानीको घुन्चोक गाउँ स्थित ज्यादै नै अपहेलित र पिछडिएको दलित समुदाय बिश्वकर्मा बस्तिमा शिक्षाको दियो स्वरुप बराह प्राथमिक बिद्यालयको स्थापना गराई छाड्नु भयो। अनि त्यहीं संस्थापक प्रधानाध्यपकको रूपमा सेवा गर्न थाल्नु भयो।
पारिवारिक जीबन:
उहॉंले ९ कक्षामा पढ्दै गर्दा पारिवारिक कारणले सानै उमेरमा २०३८ सालमा एउटै गाउँकी सुश्री कमला धितालसंग मागी विवाह गर्नुभयो। उहॉंहरुबाट एक छोरा र तीन छोरी गरि चार सन्तान छन् छोराको नाम सन्दिप ढकाल हो भने छोरीहरु क्रमश: सुस्मिता ढकाल, अस्मिता ढकाल र सावित्री ढकाल हुन्।
रूची:
उहॉंको सबै भन्दा ठूलो रूचीको बिषय भनेको शिक्षण पेशा नै थियो। शिक्षण पेशासंगै उहॉं समाजसेवामा पनि लगातार सक्रिय हुनु थाल्नु भयो। त्यस अलवा खेलकुदमा भलिबल, गायन, कविता लेखन/वाचन र बक्तृत्व कला तथा सार्बजनिक भाषणमा उहॉंको रूची रहेको थियो।
संलग्नता:
स्वर्गीय नन्दलाल ढकाल जिल्ला रेडक्रस, शिक्षक संगठन, ग्रामिण बिकास, सामुदायिक वन समिति, खानेपानी उपभोक्ता समिति लगायत सामाजिक संघ/संस्था र त्यससंग सम्बन्धित क्षेत्रमा संलग्न हुन्हुन्थ्यो।
शहिदत्त्व:
घुन्चोक सौरपानीमा तारा झै चम्किएका तथा गोरखा जिल्ला मै अब्बल ब्यक्तिको रूपमा स्थापित भईसक्नु भएका ज्यादै सरल स्वभाबका धनी समाजसेवी शिक्षक नन्दलाल ढकाललाई माओवादीलाई खाना खुवाएको र सघाएको आरोपमा २०५८ माघ ११ गते तत्कालिन शाही नेपाली सेनाले दिउँसै उहाँले पढाउने बराह स्कूलमा गएर बिद्यार्थीहरु माझ पढाई राखेको कक्षाकोठाबाटै नियन्त्रणमा लिई हात पछाडी लगेर पाताकसी बाँधेर लछारपछार पार्दै अमानबीय तरीकाले कहिले घिसार्दै र कहिले गलहत्याउँदै, सारा गाउँलेहरु र आईमाई केटाकेटीहरुको अगाडी नराम्रो अपशब्द बोल्दै, एकदमै दुर्ब्यबहार र एकदमै हप्की दप्कीका साथ् सौरपानी देखि हिंडाउँदै छिमेकी गाविस ताकुकोट-४ बाहाकोट सम्म पुर्याई त्यहाँ नजिकै जर्मनी हिट्लरको नाजी कन्सेण्ट्रेशन क्याम्प जस्तै खडा गरी निर्घात यातना र कुटपिट अनि दुर्ब्यबहार पश्चात निर्मम तरीकाले गोली हानी गैह्रन्यायीक हत्या गरेको थियो। स्मरण रहोस् तत्कालीन सरकारले आफ्ना मातहतका विभिन्न संचार माध्यामहरुमा भने सेनासंगको दोहोरो मुडभेडमा एकजना हतियारधारी आतंककारीको मृत्यु भएको भनी अत्यन्तै झूठो प्रचार गरेको थियो।
तानाशाही निरङ्कुश शासन ढलेर गणतन्त्र आए पश्चात भने वहाँलाई शहीद घोषणा गरिएको हो। भौतिक रुपमा नरहे पनि आज वहाँको सामाजिक देन अनि वहाँको हँसिलो दिब्य मुहार तपाईंहामी सबैको आँखा अगाडी याद बनी झलझली आईरहन्छ। सौरपानीका स्थानीय समाजसेवी शिक्षक स्वर्गीय शहीद नन्दलाल ढकालको आत्मालाई अनन्तको चीर शान्ति मिलिरहोस्।
हामी स्थानीय सरकारलाई स्व. नन्दलाल ढकालको मार्मिक कथामा आधारित एउटा डकुमेन्ट्रीको सुझाब गर्दछौं। राष्ट्रका कर्णधार बिधार्थीहरु मार्फत समाजलाई आँखा देखाउने दूरदर्शी शिक्षकहरु कसरी तत्कालीन निरङ्कुश सरकारको आँखाको तारो बनेका थिए भन्ने कुरो थोरै भएपनि “उमा” चलचित्रमा छिरिङ्ग रितार शेर्पाले उतारेको देखियो।