गाेरखा- जिल्लाकाे पालुङटार नगरपालिकामा फागुन महिनामा २ वटा महाेत्सव एकै समयमा हुने भएकाे छ । महाेत्सवकाे उद्देश्य एक भएपनि एकै समयमा फरक-फरक नाममा महाेत्सव अायाेजना हुन लागेकाे हाे ।
चेम्बर अफ कमर्स पालुङ्टार इकाई, गोरखाको आयोजनामा फागुन १-१० गतेसम्म ‘प्रथम पालुङ्गटार महोत्सब’ र उद्योग वाणिज्य संघ पालुङ्टार बजार इकाईको आयोजनामा फागुन ३-१२ सम्म ‘प्रथम पालुङ्गटार लिगलिग महोत्सब’ हुने भएकाे हाे ।
दुवै महाेत्सव अायाेजनाकाका लागी पालुङटार नगरपालिकाले लाचारीपना देखाएकाे छ । एकै समय, एकै स्थानमा नगरपालिकाकाे अनुमतिमा नै महाेत्सव हुन लागेकाे अायाेजक स्राेतले दावी गर्छ । दुवै महाेत्सवलार्इ पालुङटार नगरपालिका र स्थानिय युवा क्लवहरूले सहयाेग गरेकाे छ ।
नाम फरक उद्देश्य एक
पालुङटार क्षेत्रमा हुन लागेकाे याे दुवै महाेत्सवले पालुङटार क्षेत्रकाे विकासमा टेवा पुर्याउने उद्देश्यका साथ महाेत्सव अायाेजना गर्न लागीएकाे अायाेजके दावी गरेका छन् ।
यस क्षेत्रमा पहिलो पटक हुन लागेको उक्त महोत्सबले पालुङ्गटार क्षेत्रको समग्र पर्यटन प्रर्बधनमा टेवा पुग्ने, स्थानिय र निजी क्षेत्रको सम्बन्ध बिस्तार हुने, प्रतिस्पर्धी उत्पादनहरुबारे जानकारी प्राप्त गर्न सकिने, क्रेता र बिक्रेता बिच सम्बन्ध अभिबृद्धि हुने, जिल्लाको लोक सस्कृति एवं बिबिध सँस्कृतिहरुको जगेर्ना गर्न सहयोग पुग्नुका साथै देशको समस्त आर्थिक क्षेत्रको अभिबृद्धिमा सहयोग पुग्ने बिश्वास अायाेजकले लिएकाे छ ।
महोत्सको मुनाफा रकमबाट नगरपालिका क्षेत्रमा अत्याबश्यक देखिएको बहुउदेश्यीय सभाहल निर्माण गर्ने, उद्योग ब्यापार ब्यबसायको प्रबद्र्धनका कार्यक्रम लगायत पर्यटनसंग सम्बन्धित बिभिन्न कार्यक्रम संचालन गर्ने आयोजकहरूले बताएका छन् ।
‘प्रथम’ भनिएका दुई पालुङटार महोत्सव
पालुङटार क्षेत्रमा समाजिक कार्यमा लागेका स्थानिय युवाहरूले भने ‘प्रथम’ भनिएका दुई पालुङटार महोत्सव खासमा के हाे भन्दै नगरपालिका र सम्वन्धित अायाेजकलार्इ पश्न गरेका छन् ।
पालुङटारका किरण गिरीले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ‘दुबै आयोजकले प्रथम भन्दै दुई वटा महोत्सव पालुङटारमा गर्ने पक्का भएछ । कुरो बुझ्दा दुबै आयोजकले आयोजना गरेरै छोड्ने रे । मिल्ने ‘प्रयास’ गर्दा गर्दागर्दै मिलन बिन्दु भेटिएन रे । दुई दिनको फरकमा रहेको दुई महोत्सव अहिले मिति खप्ट्याएर (एउटा ३-१२ गते अर्को १-१० गते) एउटै स्थलमा (मझाटार मैदान)गर्ने तयारीमा जुटेका रहेछन् ।’
उनी थप्छन् ‘पहिलो महोत्सवमै यस्तो विधि तछाडमछाड किन हो? दुबै आयोजकको ‘जुँगाको लडाइँमा’ पालुङटार नचेपियोस । पालुङटार स्मार्ट बनाउने सपना बोक्नेहरुले यतीसम्म गिरेर बेइज्जत नगर्नुस् । प्रथम महोत्सव एउटा मात्र हुनु पर्छ । दुबै भएको खण्डमा मेरो व्यक्तिगत तर्फ बाट दुबैलाइ असहयोग र बहिस्कार हुनेछ । अझै पनि मिल्नुस । एउटालाइ अर्को आयोजना बारे थाहा नै छैन भन्दै नबस्नुस ।’
अायाेजकहरूले मिलाउनकाे लागी मध्यस्थताकाे भुमिका निर्वाह गरेका गिरी भन्छन् ‘राष्ट्रिय कलाकार, दर्शकहरु बिच पालुङटारकै बेइज्जत हुने गरि जात्रा नदेखाउनुस । मैले ब्यक्तिगत रुपमा दुबै आयोजक सङ यहि कुरा प्रष्ट रुपमा राखिसकेको छु । मध्यस्थता भुमिका निर्वाह गर्दा पनि मेरै गोरुको बार्है टक्का गर्दै दुबै आयोजक अडिग छन । अब भवानी माध्यमिक विद्यालयको स्वामित्वमा रहेको मैदान एकै मितिमा कस्लाइ दिने? सरोकार वलाहरुले कसलाइ प्रोत्साहन गर्ने? नगरपालिकाले के कदम लिने भन्ने निर्णय सम्बन्धित सबैले पालुङटार बचाउने तरिकाले गरून् ।’
प्रथम पालुङ्गटार महोत्सबमा के के हुन्छ
महोत्सबमा बिभिन्न प्रकारका स्टल, कृषि, पर्यटन तथा ब्यापारिक प्रर्दशनी, म¥र्याङ्गदी नदीमा ¥याफ्टििङ्ग, केराका परिकार, बिद्यालय स्तरीय लोक दोहोरी प्रतियोगिता, शैक्षिक प्रर्दशनी, रमाइलो बाल उद्यान, हस्तकला प्रर्दशनी, राष्ट्रिय तथा तथा स्थानिय कलाकारहरुको प्रस्तुती लगायत मुख्य आकर्षणको रुपमा रहेको छ ।

यस्तै महोत्सबमा गोरखाको धार्मिक, ऐतिहासिक तथा पर्यटकिय स्थलहरुको दृश्यावलोकनको लागि हेलिकप्टरको समेत ब्यबस्था गरिएको आयोजकले बताएको छ ।
पालुङ्गटार लिगलिग महोत्सब
ऐतिहासिक लिगलिग पालुङ्गटारको पहिचान, कृषि पर्यटन उद्योग ब्यापार प्रवद्र्धन मुल अभियान भन्ने नाराका साथ सन्चालन हुने उक्त महोत्सबमा बिभिन्न प्रकारका स्टल, नगरस्तरीय गायन तथा नृत्य प्रतियोगिता, घरेलु तथा साना उद्योगबाट उत्पादित बस्तुहरुको प्रर्दशनी, हस्तकला प्रर्दशनी, कृषि प्रर्दशनी, रमाइलो मेला, खाना महोत्सब सहित राष्ट्रिय तथा स्थानिय कलाकारहरुको सास्कृतिक कार्यक्रम मुख्य आकर्षणको रुपमा रहेको छ ।

यस्तै महोत्सब अबधिभर गोरखाको एतिहासिक, धार्मिक तथा पर्यटकिय स्थलहरुको अवलोकन गर्न प्याराग्लाइडिङ्गको समेत ब्यबस्था गरिएको आयोजकले बताएको छ । महोत्सबमा नगरपालिका भित्रका वडा स्तरीय डोरी तान्ने प्रतियोगिता, बिद्यालय स्तरिय बक्तृत्वकला प्रतियोगिता, झाकी प्रर्दशनी, हास्य ब्यङ्गय कार्यक्रम लगायत बिभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु रहने बताइएको छ ।