सुलिकाेट- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवता नारायणकाजी श्रेष्ठले विकास निर्माणमा राजनीति गर्न नहुनेमा जोड दिएका छन् । बारपाक(सुलकोट गाउँपालिका वडा न ७ मा आयोजिक एक कार्यक्रममा बोल्दै नेता श्रेष्ठले यस्तो बताएका हुन् ।
सरकार ५ बर्षको अबधिमा वृद्धा भत्ता बढार ५ हजार पुर्याउने योजनामा रहेको दावी गर्दै उनले चुनावी घोषणा पत्रमा भने बोमोजिमको काममा थाली सकेको बताए ।
ुहामी निर्वाचनका क्रममा तपार्इसँग गरेको बाचा पुरा गर्ने योजनामा अगि बढिरहेको छौँु, उनले भने ुसरकारको अबको काम भनेको स्बास्थ, शिक्षा, खानेपानी , विद्युत, सडक बनाउने र रोजगारीको ब्यवस्था गर्नु सरकारको प्रमुख चुनौती रहेको छ ।ु
समाजिक सञ्जालबाट एम्बुलेन्स
देउरालीका स्थानिय युवाहरूको पहलमा पन्द्रुङ्ग देउराली स्वास्थ्य चौकीलार्इ एक कार्यक्रमका विच एम्बुलेन्स हस्तान्तरण गरिएको छ । नेकपा नेता श्रेष्ठको उपस्थितिमा गाउँपालिकाका अध्यक्ष बिष्णु प्रसाद भट्ट लगायतले एम्बुलेन्स हस्तान्तरण गरेको अभियान्ता सुलभ अंगार्इले जानकारी दिए ।

साविकको पन्द्रुङ्ग देउराली गाविसका युवाहरुले एम्बुलेन्स खरिद गर्न सामाजिक सञ्जाल मार्फत अभियान चलाएर रकम संकलन गरेका थिए। भदौ पहिलो साताबाट सञ्चालन गरिएको रकम संकलनको अभियानबाट हालसम्म १८ लाख रकम जम्मा भएकाे छ ।
गाउँमा एम्बुलेन्स अाएपछि स्थानिय खुसी
भाैगाेलीक हिसावले गाेरखा सदरमुकमाबाट केहि टाढा भएपनि यस क्षेत्रका स्थानिहरू स्वाथ्य उपचारका लागी गाेरखा बजार नै अाउनु पर्ने बाध्यता थियाे ।
कच्ची सडक, उपयुक्त समयमा सवारी साधनकाे कमिका कारणले केयाै स्थानियहरू सम्स्यामा परेपछि स्थानिय युवाहरूरले याे अभियान सञ्चालन गरेका हुन् ।
अब स्वाथ्य उपचारका लागी यस क्षेत्रका स्थानियहरमा सहज पुहुँच पुगेकाे अंगाइ बताउछन् । एम्बुलेन्स खरिदका लागि यस बर्ष ७ नम्वर वडा कार्यालयले ४ लाख बिनियोजन गरेकाे वडा अध्यक्ष कुण्ण गुरूङले बताए ।

देउराली र आसपास क्षेत्रमा घर भइ हाल देशविदेशमा रहेका युवाहरुको बिशेष सहयोग र समन्वयमा रकम संकलन भएको हाे ।
एम्बुलेन्स संचालन गरेर वारपाक सुलिकोटको पन्द्रुङ्ग, ताकुकोट, ताकुमाझ लाकुरीबोट, स्वाँरा, सौरपानी मात्रै होइन आरुघाट गाउँपालिकाको आरुपोखरी, आरुअर्वाङ्ग, भिमसेन गाउँपालिकाका मसेल, बगुवा, तान्द्राङ्ग लगायतका क्षेत्रका बासिन्दालाई समेत सेवा दिने उनीहरकाे याेजना रहेकाे छ ।
‘हामीले एम्बुलेन्सको सेवा हाम्रो वडालाई मात्रै तार्गेट गरेका छैनौ, हाम्रै गाउँपालिकाका अन्य वडा, लगायत, आरुघाटदेखि भिमसेन थापा गाउँपालिकाका केहि वडाहरुका बासिन्दालाई पनि यसबाट सेवा दिने हाम्रो तयारी छ’ वडा अध्यक्ष गुरूङले भने ‘गरिब, असहाय, जेष्ठ नागरिक लगायतलाई २५ प्रतिशत मात्रै शुल्क लिएर सेवा दिने गरी ब्यवस्था पनि मिलाउछौ ।’