गाेरखा- जिल्ला प्रहरी कार्यालय गाेरखाले लागुअाैषध सहित एकजनालार्इ प्रकाउ गरेकाे छ । जिल्लाकाे गाेरखा नगरपालिका-१३, चारकिलाेका विश्व गिरीलार्इ बिशेष सुचनाका अाधारमा प्रकाउ गरिएकाे जिल्ला प्रहरी कार्यालय गाेरखाले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय गाेरखाका सुचना अधिकारी तथा प्रहरी नायक उपरिक्षक (डिएसपी) महेन्द्र नेपालका अनुसार विशेष सुचनाका अाधार गिरीलार्इ प्रकाउ गरिएकाे बताए ।

‘चारकिलाेमा केहि समयदेखि एक जना शंकास्पद अवस्थामा बसीरहेकाे सुचनाका अाधारमा हामीले सर्च गरेका थियाै’, उनले भने ‘सडकखण्ड छेउमा शंकित अवस्थामा बसी रहेको देखि निजको शरिर खानतलासी गर्दा लागु अाैषध भेटियाे ।
प्रहरीले गिरीकाे साथबाट लागु औषध डाईजेपाम एम्पुल थान ४२, फेनारगन एम्पुल थान ४५ र नुफिन एम्पुल थान ४९ फेला पारी बरामद गरिएकाे डिएपी नेपालले बताए ।
उनलार्इ लागु औषध शिर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट म्याद थप लिई थप अनुसन्धान भई रहेको प्रहरीले जनाएकाे छ ।